दोधाराचाँदनी झोलुङ्गे पुल मर्मत कार्य सुरु

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ , २१ मंसिर । कञ्चनपुरकोे दोधाराचाँदनी झोलुङ्गे पुल मर्मत कार्य सुरु गरिएको छ । ठाँउ-ठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि आजबाट पुलको मर्मत कार्य सुरु गरिएको हो । पुलको मर्मत कार्यलाई लागि दिउँसो ५ घण्टा र रातीमा २ घण्टा गरि दैनिक ७ घण्टाका लागि आवागमन बन्द गरिएको छ । पुलको मर्मतका लागि भीमदत्त नगरपालिकामा बसेकोे सर्वपक्षीय बैठकले दैनिक बिहान ७ः१५ देखि ९ः१५ बजेसम्म, दिउँसो ११ देखि २ बजे तथा राति ८ देखि १० बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरेको हो । पुल मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष ५० लाख र चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै डडेल्धुराको खाम्पाचे-देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्र्स अमरगढी ५ जेभीसँग १ करोड १० लाखमा पुल मर्मतका लागि सम्झौता भएको माहाकाली नगरपालिकाले जनाएको छ । २०६१ सालमा ९ करोड ४२ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ । पुलमा ५० किलो तौलसम्मका सामाग्री मात्रै बोक्न पाइने नियम बनाइएपनि मापदण्ड विपरित सामानहरु बोक्ने गरेकाले पुल जीर्ण बन्दै गएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार