काठ निकासी, अबैध खानी र ढुङ्गा ,गिट्टी,बालुवा उत्खनन बन्द नगरे कारबाही

२०७६ मंसिर १९ गते, बिहीबार

काठमाडौं १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अबैध रुपमा भैरहेको गिट्टी बालुवा उत्खनन तथा निकासी तत्काल बन्द गर्न चेतावनी दिएको छ । सो पार्टीको जिल्ला जनपरिषद नेपाल उदयपुरले विज्ञप्ति जारी गर्दे अबैध रुपमा जिल्लामा भैरहेको गिट्टी बालुवा उत्खनन तथा निकासी तत्काल बन्द गर्न चेतावनी दिएको हो । उदयपुर जनपरिषदका संयोजक नरसिंहले बुधबार विज्ञप्ति जारी गर्दे मानव वस्ति नै जोखिमा पार्नेगरी गिट्टी बालुवा उत्खनन गरी भारत निकाशि गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै उक्र कार्य तत्काल बन्द गर्न चेतावनी दिएका छन । उनले उदयपुर जिल्लामा भईरहेका प्राकृतिक श्रोतसाधन संरक्षण र जनताको जिउ धनको सुरक्षाको निम्ति संवन्धित पक्षलाई विज्ञप्ति मार्फत जानकारी गराएका हुन् । साथै जिल्लामा भईरहेका भ्रष्टचार, कमिशन, तस्कर, दलाली तथा प्राकृतिक श्रोत साधनको गैरकानुनि रुपमा भैरहेको दोहन रोक्न जनपरिषद नेपाल उदयपुरका जनतासंग सहकार्यमा जस्तो सुकै कारबाही गर्न बाध्य हुने चेतावनी पनि विज्ञपप्ति मार्फत दिएका छन । यस्तै बिज्ञप्ति माफर्त उनले बेलका नगरपालीकामा विपी कन्ट्रक्सनले जनताको खेतियोग्य जमिन मास्दै अबैध गिट्टी वालुवा निकालेको हुँदा आजैदेखी सम्पुर्ण कार्य बन्दगर्न ठेकेदारलाई चेतावनी दिएका छन ।
यस्तै मारुति सिमेन्टका निम्ति चुनढुंगा सप्लायर्स गर्दै आएको सिवओम मल्टि प्रपोज कम्पनीको अवैध खानी उत्खनन्का कारण कटारी नगरपालीकाको १ २ ३ ४ र १२ को ककुर, तावा नदि आसपासको हजारौं जमिन मरुभुमिमा परिणत भएको बताएका छन । यस्तै सिद्धिचरण राजमागृ अन्र्तगत टिप्पर आतंक तत्काल बन्द गर्न र उद्योगले आफनै बाटो बनाई प्रयोग गर्न सम्वन्धित कम्पनी र संचालक राजेन्द्र राउतलाई जानकारी गराए । साथै काटारी ९ मा रहेको सार्य सिमेन्टको खानी गैरकानुनि रुपमा रहेकाले दिनभित्र जनपरिषद नेपाल उदयपुरको कार्यालयमा दर्ता हुन आग्रह गरेका छन । उनले अहिलेको वर्तमान ओली नेतृत्वको सरकार आफनो कालो कर्तुत लुकाउन आफनो पार्टीका नेता कार्यकर्ता धरपकड र निर्दाेशको हत्यामा उत्रिएको जनाएका छन ।
विज्ञप्तिमा उल्लेख सुचनालाई सम्वन्धित पक्षले वेवास्ता गरे जनपरिषदले कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु