ट्रम्प आफूविरुद्धकाे महाअभियोगकाे सुनुवाईमा सहभागी नहुने

२०७६ मंसिर १७ गते, मंगलवार

काठमाडौं, १७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्ध लागेको महाअभियोगको सुनुवाईमा सहभागी नहुनु हुने भएका छन् । आफ्नो राजनीतिक स्वार्थका लागि पदको दुरुपयोग गरेको भन्दै उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा भोलि हाउस अफ रिप्रेजेन्टेटिभमा सुनुवाई हुँदैछ । सुनुवाईमा ट्रम्पका वकिल पनि सहभागी नहुने भएका हुन्। राष्ट्रपति ट्रम्पले सुनुवाई निस्पक्ष होस् भन्ने चाहना आफूको रहेको र त्यसैकारण सहभागी नहुने दाबी गरेका हुन्। हाउसअफ रिप्रेजेन्टेटिभको न्यायिक समितिले महाअभियोगको मामिलामा विभिन्न चरणमा छलफल गरिरहेको छ । समितिमा कानूनका जानकार, विज्ञलगायतले आफ्नो भनाइ राखिरहेका छन्। राष्ट्रपति ट्रम्पविरुद्ध आफ्नो राजनीतिक फाइदाका लागि आफ्ना प्रतिद्वन्द्वी र उनका छोरामाथि छानबिन गर्न युक्रेनमाथि दबाब दिएको आरोप छ। ट्रम्पले भने आफूमाथि लागेको यो आरोपको अस्वीकार गर्दै आएका छन् ।
विगत केही हप्ताअघि देखि ट्रम्पविरुद्धको महाअभियोगमा साक्षीहरुको बयान लिइँदै आएको छ। साथै यस विषयमा सार्वजनिक सुनुवाईसमेत हुँदै आएको छ । अब ट्रम्पसँग छलफल गरेपछि महाअभियोगको प्रस्तावमा मतदान हुनेछ ।-एजेन्सी

प्रतिक्रियाहरु