सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु

२०७६ मंसिर १५ गते, आईतवार

काठमाडौँ, १५ मंसिर । बिरामी बोकेर उदयपुर जाँदै गरेको एम्बुलेन्स शनिबार राति १२.२० मा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रकसँग ठोक्किँदा एम्बुलेन्समा रहेका ७ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुने सातै जनाको शव सुनसरीस्थित इनवरुवा अस्पतालमा राखिएकाे छ । प्रहरीले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् । मृतक दनुवार एम्बुलेन्स चालक रहेकाे र अन्य सबै एकै परिवारको रहेकाे खुल्न आएको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालकको हाल खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार