ने.क.पा.द्वारा जग्गा कब्जा

२०७६ मंसिर ११ गते, बुधबार

काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले द्वन्द्व कालमा तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कब्जा गरेको कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ को १३ बिगाहा जग्गा भूमाफियाले बिक्रीवितरण गरेको पाएपछि पुन सो जग्गा कब्जामा लिएको छ। द्वन्द्वकालमा मखन राईको ६० बिगाहा जग्गा मध्ये १३ बिगाहा जग्गा तात्कालीन ने.क.पा.(माओवादी)ले कब्जामा लिएको थियो। त्यस जग्गालाई वर्दगोरिया गाउपालिकाको बौनिया निवासी कर्ण कुवर भनिने भुमाफियाले स्थानिय कुमार थापालाई बिक्री गरेको आरोप ने.क.पा. कैलालीले आरोप लगाएको छ। उक्त जग्गालाई ने.क.पा. कैलालीले फेरी आफ्नो कब्जामा लिएको घोषणा गर्दै बिक्री वितरणमा रोक लगाएको घोषणा गरेको छ। ने.क.पा. कैलाली र युवा संगठन नेपाल कैलालीको नेतृत्वमा उक्त जग्गा सोमबार साँझ पार्टिको झन्डा र संगठनको झन्डा तथा कालो ब्यानर राखेर कब्जामा लिइएको ने.क.पा. कैलालीले जानकारी दिएको छ। सो अवसरमा ने.क.पा. कैलालीका सेक्रेटरी करणले यदि यो जग्गा किनवेच गरेमा भुमाफियालाइ भौतिक कार्वाहि गर्ने चेतावनी दिएका थिए भने कार्यक्रम संचालन युवा संगठन नेपाल कैलालीका संयोजक प्रतिरोधले गरेका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु