‘मेडिकल माफियाहरूकै ईसारा दमन गर्नु सरकारको अनैतिक र कायरतापूर्ण हर्कत ‘

२०७६ मंसिर ८ गते, आईतवार

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले चितवन मेडिकल कलेजको छात्राबासमा ‘गोली सहितको पेस्तोल’ भेटिएको भन्ने प्रायोजित र सुनियोजित हल्ला चलाएर उक्त कलेजको छात्राबासका निहत्था विद्यार्थीहरूमाथि प्रहरीले गरेको कुटपिट, दुव्र्यवहार, ज्यादतिको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्देशनमा भएको उक्त घटनाको घोर भत्र्सना एवं घृणा गर्दै मेडिकल माफियाहरूको दादागिरी, चरमरूपमा गैरकानूनी ढङ्गले गरिएको आर्थिक शोषणको विरूद्ध शान्तिपूर्ण ढङ्गले आफ्ना आवाजहरूमार्फत आन्दोलनमा रहेका विद्यार्थीहरूलाई मेडिकल माफियाहरूकै ईसारा दमन गर्नु वर्तमान सरकारको अनैतिक र कायरतापूर्ण हर्कत भएको ठोकुवा गरेका छन । अध्यक्ष ढकालले चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द लगायतका विद्यार्थीहरूलाई झुठा मुद्दामा फसाउँने सुनियोजित षडयन्त्रका साथ यो घटना भएको र यसमा हाल मुलुकमा मेडिकल शिक्षामा लूट मच्चाई राखेका मेडिकल माफियाहरूको प्रत्यक्ष संलग्नता रहेको समेत ठोकुवा गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “हिजो मंसिर ७ गते चितवन स्थित चितवन मेडिकल कलेजको छात्राबासमा ‘गोली सहितको पेस्तोल’ भेटिएको भन्ने प्रायोजित र सुनियोजित हल्ला चलाएर उक्त कलेजको छात्राबासका निहत्था विद्यार्थीहरूमाथि प्रहरीले गरेको कुटपिट, दुव्र्यवहार, ज्यादतिको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सामाजिक दलाल फाँसिवादी केपी–रामबहादुर सरकारको निर्देशनमा भएको उक्त घटनाको हामी घोर भत्र्सना एवं घृणा गर्दछौं । मेडिकल माफियाहरूको दादागिरी, चरमरूपमा गैरकानूनी ढङ्गले गरिएको आर्थिक शोषणको विरूद्ध शान्तिपूर्ण ढङ्गले आफ्ना आवाजहरूमार्फत आन्दोलनमा रहेका विद्यार्थीहरूलाई मेडिकल माफियाहरूकै ईसारा दमन गर्नु वर्तमान सरकारको अनैतिक र कायरतापूर्ण हर्कत हो । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द लगायतका विद्यार्थीहरूलाई झुठा मुद्दामा फसाउँने सुनियोजित षडयन्त्रका साथ यो घटना भएको हो र यसमा हाल मुलुकमा मेडिकल शिक्षामा लूट मच्चाई राखेका मेडिकल माफियाहरूको प्रत्यक्ष संलग्नता रहेको छ । चिकित्सा शिक्षा संघर्ष समिति मार्फत लोकप्रियरूपमा देशैभरी मेडिकल आन्दोलनको नेतृत्व गरिरहनु भएका प्रकाश चन्दलगायत नेतृत्व तहका विद्यार्थीहरूलाई आन्दोलनबाट विमुख गराउनकै लागि यसप्रकारको अपराधिक मानसिकताबाट ग्रसित भइ गरिएको उक्त षडयन्त्रमूलक घटनाको चौतर्फि प्रतिवाद गर्न हामी सम्पूर्णमा विशेष अपिल गर्दछौं र मेडिकल शिक्षाका माफियाहरूलाई यस्ता घीन लाग्दा षडयन्त्र नगर्न हामी चेतावनी दिन चाहन्छौं । साथै विद्यार्थीमाथि पटक–पटक कुटपिट, दुव्र्यवहार र धम्किदिने नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका सञ्चालक तथा माफियाहरूलाई आफ्ना सम्पूर्ण नालायक हर्कतहरू तत्काल बन्द गर्न हामी गम्भिर चेतावनी दिन चाहन्छौं ।
आज मंसिर ८ गते हाम्रो संगठन लुम्विनी क्षे.स.स. को आयोजनामा रुपन्देहीको बुटवलमा आयोजित भारतीय साम्राज्यवादले नेपाली भूमी अतिक्रमणको विषयमा गरिएको विशाल विद्यार्थी प्रदर्शनमा प्रहरीले गरेको धरपकड तथा गिरफ्तारीको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं । उक्त प्रदर्शनको क्रममा ३ जना विद्यार्थीहरूलाई प्रहरी गिरफ्तार गरेको छ । आफ्नो भूमिको रक्षार्थ सडकमा आएका विद्यार्थीमाथि सरकारी दमनले अहिलेको ओली सरकार भारतीय शासकहरूको वफदार नोकर भएको कुरा पुष्टि भएको छ । गिरफ्तार गरिएका विद्यार्थीहरूलाई तत्काल विना शर्त रिहाइ गर्न हामी जोडदार माग गर्दछौं । यसरी देशव्यापीरूपमा न्यायपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरूलाई दमन नगर्न ओली सरकारलाई चेतावनी दिन चाहन्छौं, अन्यथा संघर्षबाट दमनको प्रतिवाद गरिनेछ ।”

प्रतिक्रियाहरु