आस्थाको आधारमा गरिएको गिरफ्तारीप्रति आपत्ति

२०७६ मंसिर २ गते, सोमबार

काठमाडौं, २ मंसिर । दलित मुक्ति मोर्चाले फरक राजनैतिक आस्था राखेकै कारण सरकारले नेकपा र सो पार्टीनिकट जनवर्गीय संगठनका नेताकार्यकर्तालाई गिरफ्तार, धरपकड र यातना दिएकोमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फरक राजनैतिक आस्था राखेकै कारण सरकारद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टी र संगठनका नेताकार्यकर्तालाई विनाशर्त रिहाईको माग समेत गरेका छन् ।
अध्यक्ष विश्वकर्माले कात्तिक २६ गते बाजुराको हिमाली गाउँपालीकाको विक्षु गाउँबाट संगठनको कामको सिलसिलामा खटिरहेका मोर्चाका सचिवालय सदस्य बीरबहादुर तिरुवालाई गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । नेकपामाथि दमन गरेर विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको भन्दै वर्तमान सरकार बास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको अध्यक्ष विश्वकर्माको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु