अखिल (क्रान्तिकारी)द्धारा भारतीय अतिक्रमणविरुद्ध ईटहरीमा प्रदर्शन

२०७६ मंसिर २ गते, सोमबार

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भारतीय अतिक्रमणविरुद्ध सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) सुनसरीले सीमा अतिक्रमणको विरोध गर्दै भारतले हालै सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेर आफ्नो साम्राज्यवादी र हेपाहा चरित्र उदाङ्गो पारेको भन्दै प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी समेत दिएको छ । इटहरीको जनता कलेज बाट शुरु भएको बिरोध र्याली बिराटनगर बसपार्क हुँदै इटहरी मुख्य सडक बाट बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सुनसरीका विभिन्न क्याम्पसमा अध्ययनरत ५ सय भन्दा बढी विद्यार्थीहरु सहभागी रहेको अखिल(क्रान्तिकारी) सुनसरीले जनाएको छ ।
प्रदर्शनपछि भएको कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) सुनसरीका बिजयले भारतिय साम्राज्यवाद एवम् हस्तक्षेप विरुद्ध विद्यार्थीहरुले आवाज उठाईरहने बताए । राष्ट्रयताको पक्षमा अन्तिम स्वास रहुन्जेलसम्म लड्ने प्रतिबद्धता जनाउदैँ उनले भने, ‘ नेपाली भूमिमाथिको अतिक्रमण हाम्रा लागि सह्य छैन, सीमा रक्षका लागि बिद्यार्थीहरुले बलिदान गर्नुपर्छभने हामी तयार छौ । तर भारतीय साम्राज्यवादका अगाडि घुडा टेकेर हाम्रो भूमी मिच्न दिदैनाँै ।’ उनले सत्तामा रहेकाहरुकै कारण भारतले पटक पटक नेपाली भूमिमाथि अतिक्रमण गर्ने गरेको भन्दै देश बेच्ने दलाल र भ्रष्टहरुको बिरुद्ध कडा कदम चाल्ने पनि चेतावनी दिए ।
यसअघि शनिवार अखिल (क्रान्तिकारी)ले पूवी कमाण्ड अन्तरगत मेची कोशी व्युरोकै झापामा समेत प्रदर्शन गरेको थियो ।

प्रतिक्रियाहरु