‘ स्वाधीनता र सार्वभौमिकताका लागि युद्ध गर्नुपर्ने अवस्था आइसकेको छ’

२०७६ कार्तिक ३० गते, शनिबार

काठमाडाैँ , ३० कार्तिक । मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)ले विश्वका सम्पूर्ण देश युद्ध जित्न नसकेर एकअर्काका गुलाम भए तर हामी गुलाम भएनौँ भन्दै हाल आएर हाम्रो सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादी शासकहरूले सीमा अतिक्रमण गरेका छन् । एकातिर बेटी र रोटीका कुरा गर्छन् भने अर्कातिर हाम्रो देशको भूमि दार्चुला जिल्लामा रहेका लिम्पियाधुरा, लिपुलेक भारतीय नक्सामा गाभिएको छ । एकातिर नेपालमा रहेका पानी, बिजुली जडीबुटी, स्रोतसाधन, नदीनाला, काठपात, भूक्षय गराई मलिलो माटो, ढुङ्गा, गिटी कौडीको भाउमा सित्तैँ लगिरहेका छन् र नेपाली जनतालाई कङ्गाल बनाइरहेको भन्दै आक्रोश
पोल्हेको छ । मोर्चाले नेपालीहरूले अङ्ग्रेजलाई नेपाली भूमीबाट युद्धमार्फत लखेटेको स्मरण गराउदै त्यसरी नै साम्राज्यवादी भारतीय शासकहरूसँग पनि स्वाधीनता र सार्वभौमिकताका लागि युद्ध गर्नुपर्ने अवस्था आइसकेको बताएको छ ।
यस बिषयमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)का केन्द्रीय समितिका संयोजक देवनारायणले जारी गरेको विज्ञप्तीको पूर्णपाठ यस प्रकार रहेको छ – “हाम्रो देश ससाना गणराज्य हुँदै विशाल नेपाल, राणा शासनकालमा नै भारतमा ब्रिटिस सरकारले आधिपत्य जमाएपछि नेपाल खुम्चिँदै गयो र ब्रिटिससँगको युद्धमा नेपाली जनताको वीरतापूर्ण सङ्घर्षले नेपाल र नेपालीहरू गुलाम हुनबाट बचे । गुलामीको चपेटमा रहेका भारतीय शासकहरूको बेइमानीले गर्दा हाम्रो देशको ठूलो भूभाग गुम्न पुग्यो र हाल कायम रहेको भूभागलाई पनि अतिक्रमण गरिरहेको छ । नेपाली भूभाग कालापानीमा भारतीय सैनीक क्याम्प राखियो । त्यसबखत केही वर्षका लागि मात्र राख्ने भनियो तर त्यो पनि बेइमानी थियो । विश्वका सम्पूर्ण देश युद्ध जित्न नसकेर एकअर्काका गुलाम भए तर हामी गुलाम भएनौँ । हाल आएर हाम्रो सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादी शासकहरूले सीमा अतिक्रमण गरेका छन् । एकातिर बेटी र रोटीका कुरा गर्छन् भने अर्कातिर हाम्रो देशको भूमि दार्चुला जिल्लामा रहेका लिम्पियाधुरा, लिपुलेक भारतीय नक्सामा गाभिएको छ । एकातिर नेपालमा रहेका पानी, बिजुली जडीबुटी, स्रोतसाधन, नदीनाला, काठपात, भूक्षय गराई मलिलो माटो, ढुङ्गा, गिटी कौडीको भाउमा सित्तैँ लगिरहेका छन् र नेपाली जनतालाई कङ्गाल बनाइरहेका छन् । हामी नेपालीहरूले अङ्ग्रेजलाई नेपाली भूमीबाट युद्धमार्फत लखेट्यौँ । त्यसरी नै साम्राज्यवादी भारतीय शासकहरूसँग पनि स्वाधीनता र सार्वभौमिकताका लागि युद्ध गर्नुपर्ने अवस्था आइसकेको छ । साम्राज्यवादी शासकहरूले नेपालका केही मुठ्ठीभर पहाडे शासक, नेता र मधेसका मधेसमा रहेका मुठ्ठीभर जमिनदार नेताहरूलाई नेतालाई दलाल बनाएका छन् र सीमा अतिक्रमण गरिरहेका छन् । यसका विरुद्ध सिमानामा बसोबास गरेका नेपाली जनता जतिसुकै कठिनाइ भए पनि भारतीय शासकविरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसको उदाहरण सप्तरीको तिलाठी र बाँकेको कञ्चनपुरलाई लिन सकिन्छ । भारतीय साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणका विरुद्ध विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीले बारम्बार सङ्घर्ष गरिहेको छ । संसदीय दलाल व्यवस्थाका मतियार रहेका पार्टीहरूले चुँसम्म बोल्दैनन् । दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक भारतीय नक्सामा गाभिएको र भूमि हस्तक्षेप गरेको विरोधमा नेकपाको भ्रातृ सङ्गठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) घोर आपत्ति र भत्र्सना गर्दछ र चुनौती दिन चाहन्छ– नेपालको सार्वभौमिकतामा आँच आउने अतिक्रमणलाई यस मोर्चाले जुनसुकै बेला पनि आन्दोलन र युद्ध गर्न सक्छ ।’
दलाल, बुर्जुवा पुँजीवादको प्रतिनिधि पार्टी नेपाली काङ्ग्रेस, सुधारवादी दलाल पुँजीवादमा रहेका मधेसी दल वा पार्टी र सामाजिक दलाल संसदीय व्यवस्थाको पक्षधर पार्टी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केपी वली, प्रचण्डमण्डलीहरूको संशोधनवादी गैरकम्युनिस्ट चरित्रका कारण नेपाली श्रमिक जनताहरू घोर चपेटामा परेका छन् । एकातिर मतगणनाको हिसाबले ६५ प्रतिशत नेपाली जनता कम्युनिस्ट व्यवस्था चाहन्छन् तर यी कम्युनिस्ट भनिनेहरूको व्यवस्था भनेको कम्युनिस्ट नेताले जनताको अकुत सम्पत्ति लुटेर निजीकरण गरी महाधनाढ्य बन्नु हो । जनता भोकमरीमा हुनु, उपचार, शिक्षा, न्याय नपाउनु र नेता अर्बौंको गाडी र महलमा बसी आफूले मोजमस्ती गर्नु हो । वैज्ञानिक समाजवादको एक चरणपछि कम्युनिस्ट व्यवस्था कायम हुन्छ–हुन्छ । वैज्ञानिक समाजवादमा सम्पूर्ण उद्योग, जल, जमिन, प्राकृतिक स्रोतसाधन, नागरिक राज्यको मातहत हुन्छ र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारमा नैसर्गिक र समान अधिकार हुन्छ । योग्यताअनुसार काम र दाम, आवश्यकताअनुसारको काम, दाम र सुविधाहरू हुने ठाउँमा राष्ट्रिय उद्योगलाई बेच्छन् । नेता नै महाधनाढ्य हुन्छन् र विलासी जीवन बिताउँछन् । ब्रह्मलुट गर्छन् र जनतामा अत्यधिक कर वृद्धि गरेर ढाड सेक्छन् । जनतामा अमनचैन छैन । सुरक्षको प्रत्याभूति छैन । चेलीहरू बलात्कृत भइरहेका रहेका छन् । युवालाई चरेस र अफिममा लट्ठ्याइरहेका छन् । भ्रष्टाचार, कमिसनखोरी, घुसखोर, दलालहरूको बिगबिगी छ । नोकरशाहीतन्त्र हाबी छ । के यही हो कम्युनिस्ट पार्टीको व्यवस्था र चरित्र ? यो गैरकम्युनिस्ट, संशोधनवादी, कम्युनिस्टविरोधी चरित्र र व्यवस्था हो । यसबाट नेपाली जनता सजग र सचेत भई यिनीहरूको भ्रमबाट मुक्त भएर नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी व्यवस्था कायम गर्न अग्रगामी पङ्क्तिमा उभिएर सर्वहारावर्गको पक्षधर भई दलाल, बुर्जुवा पुँजीवाद र संसदीय व्यवस्थाका मतियारलाई अन्त्य गर्नु वा ध्वस्त पार्नुपर्छ । अहिलेको मधेसी समाजमा जमिनदार, सामन्त प्रवृत्तिको वर्चस्व छ । सुदखोर वित्तीय बैङ्कहरूले मधेसी जनतालाई घरबारविहीन बनाइरहेको छ । यसको उदाहरण धनुषा जिल्लाको नगराइन नगरपालिका ५ मा बसोबास गरिरहेका राजकुमार मण्डल घरघडेरी जग्गा २४ कट्ठा दृष्टिबन्धक ३० हजार किर्ते गरी तीन लाख ऋण लिँदा सम्पूर्ण ऋण–ब्याज मूलधन चुक्ता गर्दा पनि आलटाल गरी नगराई वडा नं. ५ मा बसोबास गर्ने शिव चन्द मिश्रकी श्रीमती रञ्जना मिश्रले जग्गा फिर्ता गरिनन् । जग्गा फिर्ता पाऊँ भन्दा–भन्दा अदालतमा घर खाली गनूु भनी मुद्दा हाले । अब भागमा ४ कट्ठा जमिन पर्ने छ भाइ घरवारविहीन भएन । यस्ता उदाहरणहरू मधेसमा धेरै छन् । मधेसी जनता मिटर ब्याजबाट व्यापक ग्रसित छन् । यस्ता सम्पूर्ण अन्यायअत्याचारका विरुद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (कान्तिकारी) मा आबद्ध हुन र सङ्गठित हुन मधेसी जनतालाई आह्वान र अपिल गर्दछु ।”

प्रतिक्रियाहरु