उपनिर्वाचनमा भाग लिएको प्रचार गलत ‘

२०७६ कार्तिक २८ गते, बिहीबार

काठमाडौँ, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको उपनिर्वाचनमा थबाङ गाउँपालिका १ बाट भाग लिएको भन्ने प्रचार गलत भएको जनाएको छ । यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी थबाङद्वारा जारी प्रेस विज्ञप्ति जारी गरि भनेको छ,- ‘मक्किएकाे यो दलाल संसदीय राज्य व्यवस्थाकाे विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ हाम्रो पार्टी र अाम कार्यकर्ता अाफ्नाे क्रान्तिकारी विचार, लक्ष्य र उदेश्यमा अडिग र अविचलित रहेको कुरा सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्न चाहन्छौं ।’
अघिल्लो निर्वाचनबाट निर्वाचित भद्र झाँक्री लगायत वडा सदस्यहरु प्रगतिशील रहेको तर अाफ्नाे पार्टीको सदस्य नरहेको स्पष्ट पार्दै यो निर्वाचनमा उहाँहरुकाे उम्मेदवारीकाे निर्णय व्यक्तिगत र अाफ्नै स्वविवेककाे परिणाम हो विज्ञप्तिमा भनेको छ ।
देशले सिमा गुमाउँदै गरेको यो गम्भीर संकटको घडीमा हाम्रो पार्टीकाे अर्जुनदृष्टि राष्ट्रकाे स्वाभिमान, स्वाधीनता र सार्वभौमितामा रहेको छ भन्दै विज्ञप्तिमा भनिएको छ – “हामी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिकाे दिशामा लामबद्ध जनता, नेता र कार्यकर्तालाई भ्रममा नपर्न अाग्रह गर्दछौं ।”

प्रतिक्रियाहरु