भारतीय अतिक्रमणको विरोध, गुरुङ र कँडेलसहित ११ गिरफ्तार

२०७६ कार्तिक २५ गते, सोमबार

काठमाडौँ , २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ, जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष टिका कँडेलसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुँनेमा कुमार घिसिङ, करण श्रेष्ठ, महेश तामाङ, विषम लगायत ११ जना रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो १२ बजेतिर काठमाडौँको घण्टाघर नजिकैबाट गिरफ्तार गरिएको हो । नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा विरोध प्रदर्शन गर्न रत्नपार्कतर्फ जादैगर्दा प्रहरीले गुरुङ र कँडेल लगायत अन्यलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत, दरबारमार्गमा राखिएको छ । भारतले नेपाली भुमिलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेकपाले यसअघि नै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । आज देशैभरी विरोध प्रदर्शन गर्ने नेकपाकाे पुर्वनिर्धारित कार्यक्रम थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु