१३५औं फाल्गुनन्द जन्मजयन्ती मनाइदै

२०७६ कार्तिक २५ गते, सोमबार

काठमाडौँ , २५ कार्तिक । १६ औं राष्ट्रिय विभूति, किरात धर्मका महागुरु तथा महान् समाजसुधारक मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती आज बिबिध कार्यक्रम गरी बिश्वभर मनाइँदैछ । ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित किरात हाङ्साम माङ्हिममा कार्तिक २४ गते, साक्मुरा वदेम्मा, येत् लाधुङ, नाम्धुङ सेवा र बहुभाषिक कबिता गोष्ठी सम्पन्न भएको छ । कार्तिक २५ गते बिहान १० बजे बृहत शान्ति ¥यालीसहित नगर परिक्रमा गरि माङहिम परिसरमा शुभकामना आदानप्रदान कायर्यक्रम हुने आयोजक समिति सदस्य, किरात धर्म तथा साहित्य उत्थान संघ, ताप्लेजुङ सचिब ज्ञानु लिम्बूले जानकारि दिए । त्यस्तै, पाँचथरको लब्रेकुटीमा १३५औं फाल्गुनन्द जन्मजयन्तीको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथरका सचिब सुवाश तुम्बापोले जानकारि दिए ।
फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्तीको अबसरमा ताप्लेजुङका ५ स्थानीय तहले सार्बजानिक बिदा दिएका छन् । फक्ताङ्लुङ, सिदिङ्बा, आठराई त्रिबेणी, मेरिङ्देन गाउँपालिका र फुङ्लिङ नगरपालिकाले सार्बजानिक बिदा दिने निर्णय गरेका हुन् । पाँचथरका मिक्लाजुङ र हिलिहाङ गाउँपालिकासहित १ नम्बर प्रदेशका बिभिन्न स्थानीय तहले सार्बजानिक बिदा दिएका छन् ।
फाल्गुनन्द बारे २ प्याराग्रापमा
इलामको इभाङस्थित चुक्चिनाम्बामा बुबा जगनबाज र आमा हंसमतीको कोखबाट फाल्गुनन्द लिङ्देको १९४२ साल कार्तिक २५ गते जन्म भएको थियो । उनको न्वारानको नाम नरध्वज लिङदेन हो । सानो छँदा बिरामी हुँदा फलामको चुरा लगाइदिनुपर्छ भनिएकाले हातमा फलामको चुरा लगाइएको कारण उनलाई फलामसिं समेत भन्ने गरिन्थ्यो । जीवनभर किरात धर्म, संस्कारको लागि लागिपरेका उनी अन्ततः फाल्गुनन्दको नामले प्रसिद्ध भए ।
महागुरु फाल्गुनन्द लिङ्देनले १९८८ साल बैशाख २४ गते पाँचथरको फिदिम–६, चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन १० लिम्बू १७ थुमको आम भेला गराई समग्र समाज सुधारका लागि ७ बुँदे सत्यधर्म मुचुल्का घोषणा गरेका थिए । सत्यधर्म मुचुल्कालाई किरात धर्म तथा समाज सुधारको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण दस्तावेज भएको रुपमा लिइन्छ ।-आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार