कपिलवस्तुमा कर्फ्यु जारी

२०७६ कार्तिक १५ गते, शुक्रबार

काठमाडौँ , १५ कार्तिक । स्थानीय प्रशासनले कपिलवस्तुको सीमानाका कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जनको विषयमा भएको झडपमा एकजनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु अझै जारी छ । झडपमा भारतीय नागरिक सुरज पाण्डको प्रहरीको गोली लागेर मृत्यु भएपछि बिहीबार बिहान ११ बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी भएको थियो । ‘पोस्टमार्टम’पछि सुरजको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । मृतकका आफन्तको अझै स्पस्ट माग नआएको बताइएको छ । स्थानीय प्रशासनले मृतकका आफन्तसित सहमति गर्न नसके केन्द्रीय प्रशासनलाई सिफारिस गर्ने बताइएको छ ।
यसैबीच, बिहीबार राति १ बजेतिर प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर–५ प्रहरी प्रमुख, एसपी, डीएसपीलगायतको उपस्थितिमा लक्ष्मीपूजाको मूर्ति विसर्जन गराइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार