नेकपाद्वारा चरणबद्ध संघर्षको घोषणा

२०७६ कार्तिक २ गते, शनिबार

काठमाडौँ, २ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । चरणबद्ध संघर्षको कार्यक्रम अन्तरगत कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु