अखिल (क्रान्तिकारी)कैलालीको अध्यक्षमा पदम काफ्ले

२०७६ आश्विन ३ गते, शुक्रबार

काठमाडौं , ३ असोज । नेपाल कम्युनिस्ट पार्टीले असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोअन्तर्गत कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । कैलालीको गौरी गंगा नगरपालिकाको बालुवा खोलामा बिहीबार पदम काफ्लेको नेतृत्वमा २५ जनाको जिल्ला कमिटी गठन भएको जनाइएको छ । भेलामा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल रहेका थिए भने अतिथिमा अखिल (क्रान्तिकारी)की केन्द्रीय सचिव सन्तोषी भट्टराई, कैलाली जिल्ला इन्चार्ज विवेक, जिल्ला सेक्रेटरी प्रकाश मल्ललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु