भिडियो कन्फ्रेरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने !

२०७६ भाद्र ५ गते, बिहीबार


काठमाडौं, ५ भदौ । प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने संकेत देखिएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । अब प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदैछन् ।
प्रधानमन्त्री ओली दिउसो १ बजे सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । यसअघि गत साउन १८ गते सिंगापुर गएका ओली उपचार गराएर साउन २७ गते फर्किएका थिए । सोही उपचारको फलोअपका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु