हुवावेको आफ्नै अपरेटिङ सिस्टम “हार्मोनी ओएस” सार्बजनिक

२०७६ भाद्र १ गते, आईतवार

काठमाडौं, १ भदौ । अमरिकी कम्पनि गुगलले एण्ड्रोइड चलाउन प्रतिबन्ध गरेसंगै चिनियाँ प्रबिधि कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम सार्बजनिक गरेको छ । चीनमा जारी हुवावे डेभलपर कन्फ्रेन्समा कम्पनीले आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । यो अपरेटिङ सिस्टमलाइ चीनमा होङमेङ भनिए पनि यसको ग्लोबल नाम भने हार्मोनी ओएस रहेको छ। पछिल्लो समय अमेरिकी प्रतिबन्ध संगै हुवावेले पनि अमेरिकी बजारमा आफ्ना कुनै उत्पादन बेच्न पाएको छैन । आफ्ना स्मार्टफोनमा गुगलको एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिरहेको हुवावेलाई गूगलले अमेरिकी सरकाको निर्णयलाई आत्मसाथ गरेको भन्दै एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न सिमित गर्दै अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने बताएको थियो ।
हुवावेले आफ्नै अपरेटिङ सिस्टम “हार्मोनी ओएस” बहु डिभाइस कनेक्ट हुने बताएको छ । यो सिस्टम स्मार्टफोन तथा अन्य होम डिभाइसमा पनि प्रयोग गर्न मिल्ने छ । “हार्मोनी ओएस” इन्टरनेट अफ थिंकको पार्टका रुपमा उपलब्ध हुने भन्दै कम्पनीले इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा यो सिस्टम प्रयोग हुने बताएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार