कांग्रेस संसदीय दलको बैठक बस्दै

२०७६ बैशाख १५ गते, आईतवार

काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बस्ने भएको छ । बैठकमा बर्खे अधिवेशनमा प्रस्तुत गर्ने विषयबारे छलफल हुने बताइएको छ । संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुँदैछ । सोही संसद बैठकमा उठाउने एजेण्डा तय एवं पार्टीले संसदमा खेलेका भूमिकाका बारेसमेत समीक्षा गरिने भएको छ । त्यस्तै बैठकमा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा कांग्रेसको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु