गाउँपालीकामा भएको विस्फोट र आगजनीमा पार्टीको संलग्नता नरहेको नेकपा पूर्वी कमाण्डको स्पष्टोप्ति(विज्ञप्तिसहित)

२०७५ चैत्र १८ गते, सोमबार

काठमाडौ, १८ चैत । नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भएको बिस्फोट र आगजनीको घटनामा पार्टीको नाम जोडेर प्रचार गरिएको भन्दै त्यसप्रति गम्भिर ध्यानाकर्ष भएको जनाएको छ ।
नेकपा पूर्वी कमाण्डले एक बिज्ञप्ति जारी गर्दै गाउँपालीकामा भएको आगजनी र विस्फोटको घटनामा पार्टीको कुनै संलग्नता नरहेको पनि प्रस्ठ पारेको छ ।
कमाण्ड ईन्चार्ज विरहीले उक्त घटनामा पार्टीलाई जोडेर प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउर्दै त्यसमा कुनै संलग्नता नरहेको जनाएका हुन् ।
ईन्चार्ज विरहीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “यस प्रकारको कार्य पार्टीले नगरेको र पार्टीको नीति समेत नरहेको स्पष्ट पार्न चाहन्छौंं ।”
उनले भोटेखोला गाउँपालिकाको भवनमा भएको विष्फोट र आगजनीको घटनामा पार्टीलाई जोडेर गरिएको प्रचार पार्टीको बढ्दो प्रभावलाई रोक्न र जनतालाई भ्रमित बनाउने सडयन्त्र भएको पनि आरोप लगाएका छन् ।
बिज्ञप्तीमा भनिएको छ, “त्यस प्रकारको सडयन्त्र अन्तरगत नेकपालाई दमन गर्न अख्तियारी गरिएको सरकारी नीतिप्रति भण्डाफोर गर्दै आम जनसमुदायलाई भ्रममा नपर्न आग्रह सहित जानकारी गराउन चाहन्छांै ।”
यहि चैत १६ गते आईतवार राति उक्त गाउँपालिकामा अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएको जनाईएको छ ।
सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ । रातको समयमा ठुलो आवाज सुनेपछि स्थानीयले गाउँपालिकाको भवनमा बिस्फोट भएको थाहा पाएका थिए ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको बताएका छन् ।
गाउँपालीकाको कार्यलयमा बिस्फोट भएपछि सेना तथा प्रहरीसहितको संयुक्त टोलीले सो क्षेत्रमा गस्ती समेत गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु