सत्ताधारीहरूले विविध बाहनामा जनतामाथि गर्ने दमन र षड्यन्त्रको विरुद्धमा छौं – प्रकाण्ड, प्रवक्ता नेपाल कम्युनिष्ट पार्टी

२०७५ फाल्गुन १ गते, बुधबार

० फागुन १ गते अर्थात २४ औं जनयुद्ध दिवस कसरी सम्झनु हुन्छ ?
निकै ठूलो महत्वको प्रश्न गर्नु भयो । जनयुद्ध दिवस नेपाली क्रान्तिको प्रक्रियामा यो राष्ट्रको र जनताको मुक्तिको एउटा महान्् अभियानमा नेपाली जनताले विद्रोहको निम्ति सशस्त्र संघर्षको सुरुवात गरेको दिन हो । यो देश र जनताको निम्ति फागुन १ गते धेरै महत्वपूर्ण दिन हो । यो दिनको शुरुवात गर्न र नेपालमा त्यो दिनबाट सुरु गरेको क्रान्तिलाई विजयको शिखरसम्म पु¥याउनको निम्ति त्यो बेला नेपाली जनताले, पार्टीका नेता र कार्यकर्ताले जुन बलिदान गरे जसको परिणाम देशमा अहिले यो राजनीतिक स्थिति बनेको छ । जनयुद्धमा जनता, पार्टी, नेता र कार्यकर्ताको तर्पmबाट नौ हजारको बलिदान भएको छ, सर्वप्रथम ती महान् सहिदहरूलाई स्मरण गर्न चाहन्छौं । उहाँहरूको सम्मानमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं र हाम्रो के प्रतिवद्धता छ भने उहाँहरूले नेपालको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तनको निम्ति जुन बलिदान गर्नुभयो, बलिदान गर्न समयमा उहाँहरूको जुन सपना थिए, आकांक्षा थिए ती सपना र आकांक्षालाई हाम्रो पार्टीले र हामीले पूरा गर्नेछौं भन्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छौं ।
दोस्रो कुरा हामीसँग सहिद परिवार छ, घाइते वेपत्ता योद्धाहरू हुनुहुन्छ उहाँहरूको हामी सम्मान गर्न चाहन्छाँै । सहिद परिवारप्रति पुनः एक पटक हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं । सहिदले देखाएको बाटोमा र वेपत्ता र घाइते योद्धाले हिँडेको बाटोमा हाम्रो पार्टी र हामी नेताहरू निरन्तर हिँडिरहने छौं र त्यो उद्देश्य पूरा गर्नको निम्ति सहिद परिवारजनहरू, घाइते अपाङ्ग साथीहरू जो हुनुहुन्छ, उहाँहरूले निरन्तर पार्टी र क्रान्तिलाई सहयोग गरिरहनु हुनेछ भन्ने हाम्रो अपेक्षा पनि छ ।
० तपाईंसँगै १० वर्ष जनयुद्ध लडेका नेता सत्तामा पुगेका छन् । तपाईंहरू क्रान्ति पूरा भएको छैन भनेर संघर्षमा हुनुहुन्छ, किन ?
नेपालको राजनीतिक आन्दोलनमा १० वर्षको जनयुद्धले धेरै ठूलो उथलपुथल ल्याएको हो । त्यही भएर यो राष्ट्रको स्वाधीनता चाहने र सामाजिक दृष्टिले र वर्गीय दृष्टिले मुक्ति चाहने नेपाली जनताले त्यस अर्थमा साथ दिए, आपूm सहभागी भए र धेरै ठूलो बलिदान पनि गरे । बडो विडम्बना के भयो भने पछिल्लो दिनमा त्यसको नेतृत्व गरेको नेताहरूको समूह प्रचण्ड–बाबुरामलगायत जो हुनु हुन्थ्यो, उहाँहरू क्रान्तिलाई निर्णायक बनाउने दायित्वबाट पन्छिएर जुन सत्ता र व्यवस्थाका विरुद्धमा जुन समाज र संस्कृतिको विरुद्धमा जनयुद्ध सुरु गरिएको थियो, त्यही वर्ग, सत्ता र त्यसैको व्यवस्थामा प्रवेश गरेपछि नेपाली जनतालाई एउटा ठूलो धोका भयो । क्रान्तिलाई ठूलो धक्का पुग्यो । अहिले प्रचण्ड र बाबुराम दलाल पुँजीपति वर्गको सत्ता र व्यवस्थाका नोकर बनिरहनु भएको छ । उहाँहरूले देश र जनतालाई त धोका दिनु भयो दिनु भयो, आफ्नो राजनीतिक जीवन र भविष्य पनि धरापमा पार्नुभयो । इतिहासले नेपाली क्रान्तिको निर्ममतापूर्वक समीक्षा गर्नेछ । जहाँसम्म जनतालाई उहाँहरूको पक्षबाट धोका भइसकेपछि क्रान्तिलाई नयाँ ढंगले संगठित गर्ने, क्रान्तिबाट पार्टी निर्माण गर्ने, फेरि क्रान्तिको झण्डा उठाउने र अघि बढ्ने त्यो महत्व दायित्व र हाम्रो समाजको आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य सहित फेरि हामी क्रान्तिमा छौं ।
देशको पछिल्लो स्थितिलाई हेर्दा क्रान्तिलाई निर्णायक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ । क्रान्ति बिना देश र जनताको मुक्ति सम्भब पनि छैन र भविष्य पनि छैन । त्यसकारण एक पटक सबै नेपाली जनतालाई क्रान्तिको यो महान् प्रक्रियामा सहभागी हौंऔं भन्ने हाम्रो अपिल छ । क्रान्तिलाई निर्णायक बनाउनु अहिलेको आवश्यकता हो । त्यो आवश्यकता पुरा गर्नको निम्ति हाम्रो पार्टी क्रियाशील छ र हामी नेता कार्यकर्ताहरू प्रतिबद्ध भएर लागि राखेका छौं ।
० तपाईंसँगै जनयुद्ध लडेका नेताहरू सत्तामा छन् यही बेलामा तपाईं लगायत पार्टीका कयौं नेता कार्यकर्ताहरू गिरफ्तार परे, झुठा मुद्दाहरू लगाइयो त्यो क्रम अहिले पनि जारी छ के भन्नु हुन्छ ?
कुनैबेला देश र जनताको पक्षमा खडा भएको नेताहरू त्यसलाई निर्णायक बनाउन नसक्दा नेताहरूमा आउने विचलनता जुन छ, त्यो विचलनताले क्रान्तिकारी पार्टी क्रान्तिकारी नेता र कार्यकर्ता र आमजनताको दुश्मनको कित्तामा पु¥याउने हो । अहिले उहाँहरू त्यही कित्तामा पुग्नु भयो । यो देशको प्रगतिको मुख्य बाधक भनेको दलाल पुँजीपति वर्ग हो । त्यो दलाल पुँजीपति वर्गको सत्ताको प्रतिनिधि गर्ने, व्यवस्थाको प्रतिनिधित्व गर्ने संरचना अहिले देशमा विद्यमान छ र क्रियाशील भइरहेको छ, उहाँहरू त्यहाँ जानु भयो । त्यहाँ गइसकेपछि उहाँहरूले गर्ने अनिवार्य रूपले चाहेर नचाहेर पनि गर्नुपर्ने हर्कत क्रान्ति विरोधी हर्कत नै हो, जनविरोधी हर्कत नै हो । त्यसकारण उहाँहरू कुनै बेला क्रान्तिकारी र क्रान्तिको नेतृत्व गरिराखेको नेता अहिले प्रतिक्रान्तिकारी कित्ता र प्रतिक्रियावादी सत्ताको सञ्चालक भएर हिँडिराखेका छन् । क्रान्ति, परिवर्तन र राष्ट्रिय मुक्तिको एजेण्डालाई अगाडि सार्ने, संघर्ष गर्ने त्यो विचार र लाइनलाई अगाडि सार्ने पार्टी र नेताहरूका विरुद्धमा अहिले दमनमा उत्रिएका छन् । यसले के प्रष्ट पार्छ भने उहाँहरूले जति परिवर्तनको कुरा गरेपनि, उपलब्धिको कुरा गरेर जनतालाई भ्रमित गर्ने मूर्खता गरे पनि उहाँहरू जनविरोधी कित्तामा जानुभएको छ र राष्ट्र र जनताका बिरुद्धमा उहाँहरूले दमन, अपराध र गडबडी गरिरहनु भएको छ भन्ने कुराको लाटाले पनि जान्ने बुझ्ने गरी प्रष्टाई भनेको अहिले हाम्रो पार्टी माथिको दमन, हामी नेता माथिको दमन, जनताका बिरुद्धको दमन, भ्रष्टाचार र कमिशनको खेल यसका ज्वलन्त उदाहरणहरू हुन ।
० त्यसो भए नयाँ जनयुद्धको थालनी हुने भयो हो ?
सर्वहारा वर्ग र श्रमजीविवर्गको क्रान्तिको इतिहासलाई हेर्नुभयो भने बिसौँ शताब्दीको अनुभव र प्रयोगलाई हेर्नुभयो भने, बिसौं शत्ताब्दीमा भएको विचारधारात्मक विकास र नीतिगत विकासको दृष्टिले हेर्नुभयो भने जनताको तर्पmबाट युद्धहरू पनि सञ्चालन गरिएका छन् त्यसलाई जनयुद्ध भनेर संश्लेषण गरिएको छ । त्यसको विचारधारात्मक अनुसन्धान र विकास त्यसको सश्लेषण र प्रयोग चिनियाँ कम्युनिष्ट पार्टीले ग¥यो, कमरेड माओले गर्नुभयो । हामी ले पनि १० वर्ष जनयुद्ध लड्यौँ । पछिल्लो दिनमा धक्का खाएको क्रान्तिलाई नयाँ ढंगले संगठित गरेर अगाडि जाने अठोटका साथ हामी अघि बढिराखेका छौं । यो बेलामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका बीसौं शताब्दीका अनुभव र हाम्रै कम्युनिष्ट आन्दोलनको १० वर्षको जनयुद्धको अनुभवलाई पनि संश्लेषण गरेर अहिलेको विश्व र अहिलेको नेपालको ठोस परिस्थितिलाई दृष्टिगत गरेर क्रान्तिको विचार र क्रान्तिको कार्यदिशा भनौँ वस्तुसापेक्ष, समयसापेक्ष विकास नगर्ने हो भने क्रान्तिको इरादा राखेर पनि त्यसलाई पूरा गर्ने भन्ने कुरा धेरै चुनौतिपूर्ण छ । यही कुरालाई दृष्टिगत गरेर अहिले हामीले नेपालमा अगाडि बढाएको क्रान्ति भनेको विश्व सर्वहारा क्रान्तिको एउटा अंग हो । नेपालमा श्रमजीवि जनताको, उत्पीडित जनता, भोकानाङ्गा जनताको क्रान्ति हो । यो क्रान्तिको लाइनलाई हामीले नयाँ ढंगले संश्लेषित गरेका छौं । यसलाई एकीकृत जनक्रान्ति भनेका छौं । अब हामीले नेपालमा गर्ने भनेको जनताको क्रान्ति हो । हाम्रो कार्यदिशा पनि जनक्रान्तिको हो, हामीले गर्न भनेको क्रान्ति हो ।
० तपाईंको पार्टीले सेना तयार गर्दैछ हतियार उठाउने तयारी गर्दैछ भनेर प्रचारमा आएको छ, वास्तविकता के हो ?
यो अलिकति बढी गलत प्रचारबाजी हो । अहिलेका सत्ताधारी जो छन् । सत्तामा सहभागी भएका र सरकारको नेतृत्व गरिराखेका पार्टीका केही नेताहरूले क्रान्ति र क्रान्तिकारी पार्टीलाई दमन गर्नका निम्ति बडो उत्तेजनात्मक प्रचारबाजी गरिराखेका छन् । त्यसकारण यो भयंकर षड्यन्त्र मूलक पनि छ । यो एउटा देशीविदेशी डिजाइनमा पनि हो । हामीले त १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलन पछि जनताले राष्ट्रले परिवर्तनको आकांक्षा र चाहना राखेको थियो, त्यो वस्तुगत आवश्यकता पनि थियो । त्यसलाई परिपूर्ति नगरी जुन किसिमले धोका भएको छ । श्रमजीविवर्गको शासन र राज्यव्यवस्था स्थापित नभएर दलाल पुँजीपति वर्गको राज्यसत्ता र शासन व्यवस्था जुन स्थापित भएको छ । यसलाई बदल्नको निम्ति हामीले क्रान्तिको प्रक्रिया अगाडि बढाएका छौं । यसकारण हाम्रो कुरा भनेको राजनीतिक कुरा हो, सत्ता र व्यवस्था जनताको हुनुप¥यो भन्ने कुरा हो । हामी यही प्रक्रियामा निरन्तर अगाडि बढिरहेका छौं । यो राजनीतिक मुद्दालाई जनताको चाहना र अकांक्षाअनुसार यसको राजनीतिक सम्बोधन गर्नुको निम्ति राजनीति दलहरू तयार हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।
अहिलेको सरकार, सरकार चलाइरहेका दलहरू तयार हुनुपर्छ भन्ने हाम्रो कुरा हो । जनताको कुरा उठाउँदा, परिवर्तन, क्रान्ति र जनताको अधिकार, राष्ट्रको मुक्तिको कुरा उठाउँदा त्यसलाई नकरात्मक ढंगले व्याख्या गरेर दमन गर्ने कुचेष्टा गर्ने सरकारको कुरा हो भने हामी संघर्ष त गछौं नै । अनि संघर्ष गर्ने बेला आवश्यक पर्ने सबै संघर्षको साधन स्रोत क्रान्तिको आवश्यकता र आन्दोलनको आवश्यकतामा जनता र पार्टीले अनिवार्य तयार गर्छ र गर्नु पनि पर्छ । हाम्रो कुरा जनतालाई फेरि गम्भीर कदम लिन वाध्य नपारियोस् र हामीलाई त्यसको नेतृत्व लिन बाध्य नपारियोस् भन्ने नै हो ।
० त्यसो अब पार्टी कसरी अगाडि बढ्छ त ?
सबै स्थिति अवस्था हेर्दा जनयुद्ध र जनआन्दोलनबाट स्थापित भएको जनताका अधिकार एकपछि अर्को लुट खसोट गर्ने तिर नै अहिले सरकार र राज्य लागि राखेको देखिन्छ । पछिल्लो दिनमा राष्ट्रघात डरलाग्दो ढंगले बढ्दै गएको छ, जनताको जनजीविका चौपट हुँदै गएको छ । जनताको राजनीतिक अधिकार पनि निश्चित लुटेरा मान्छेहरूले आफ्नो इच्छाको निम्ति त्यसको घाँटी निमोठेर दुरूपयोग गर्ने मूर्खता गरिराखेका छन् । त्यसकारण देश बडो संकटमा छ । राष्ट्रियताको दृष्टिले, स्वाधीनताको दृष्टिले, आर्थिक, सामाजिक राजनीतिक र सांस्कृतिक दृष्टिले पनि देश संकटको भुमरीमा फसिरहेको छ । त्यो भुमरीबाट बचाउनको निम्ति क्रान्तिको प्रक्रियालाई जोडतोडका साथ अगाडि बढाउने उद्देश्य र कार्यक्रममा हामी केन्द्रित छौं ।
० तपाईंहरूले क्रान्ति गर्छौ भनेर पार्टी पुनर्गठन गरेको पनि ४ वर्ष पुगिसक्यो, अझै कति समय लाग्ला ?
हामीले पार्टी पुनर्गठन गरेको चारवर्ष भयो । यो पार्टी बनाएका दिनदेखि हामी राष्ट्र र जनताको पक्षमा संघर्षमा छौं । जनताको अधिकारको निम्ति संघर्षमा छौं । सत्ताधारीहरूले विविध बाहनामा गर्ने जनताको विरुद्धमा गर्ने दमन र षड्यन्त्रको विरुद्धमा छौं । आपूmलाई दुई तिहाई बहुमत प्राप्त भएको हौवा पिट्ने सरकार ईतिहासकै सबैभन्दा नालायक, जनविरोधी र राष्ट्रघाति सरकार भएको छ । यसले राष्ट्र र जनतालाई निराश पारेको छ । नेपाली जनता अहिले हामीले अगाडि बढाएको क्रान्ति र हाम्रो पार्टीले गरेको नेतृत्वलाई नै विकल्पको रूपमा हेरिरहेका छन् । यसैप्रति जनता अहिले आशावादी भइराखेका छन् । अहिले जनताको अपिल के छ भने नेपाल कम्युनिष्ट पार्टी आउनु प-यो र यो देश सम्हाल्नु प-यो, यो देशको जिम्मा लिनु प-यो, यो देशको नेतृत्व गर्नुप-यो भन्ने जनताको आकांक्षा र आह्वान छ वास्तविकता त यो हो । जनताको यो चाहनालाई अहिलेको देश र जनताको टाउकोमा गिर खेल्ने दलाल तत्वहरूको यो देशबाट अवसान गर्नुपर्छ । त्यसको निम्ति नेपालकम्युनिष्ट पार्टीले नेतृत्व लिनुप-यो भन्ने जनताको आकांक्षा जुन छ त्यो हामीले पार्टी बनाएर, एकीकृत जनक्रान्तिको कार्यदिशा बनाएर एउटा वैज्ञानिक समाजवादको राजनीतिक विचार बनाएर संघर्ष गर्न थालेपछि यो स्थिति सृजना भएको हो । त्यसकारण जनताको यो आकांक्षा र हामीप्रतिको मायाको हामी उच्च सम्मान गर्छौं र यो देशमा दलाल पूँजीपति वर्गको सारकार र यो व्यवस्थाको अन्त्य गरेर नेपालका श्रमजिवी जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने आन्दोलन र क्रान्तिको हामी नेतृत्व गर्छौं । एकातिर प्रतिक्रान्तिकारी, दलाल पूँजीपति वर्गको डरलाग्दो षड्यन्त्र छ । अर्कोतिर क्रान्तिले त्यसलाई चिरेर जनताको सत्ता र व्यवस्था स्थापना गर्ने एउटा वस्तुगत आधार र अनुकुल परिस्थिति सृजना हुँदै पनि गएको छ । यसको टक्करमा राष्ट्रिय राजनीति हुनुले हामीले एउटा प्रभावकारी पहलकदमी लिएर यसलाई निर्णायक बनाउछौँ । राष्ट्र र जनतालाई मुक्त बनाउँछौं ।
० अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अहिले देशको स्थिति अलि विशिष्ट छ । जनयुद्धका उपलब्धिहरूको रक्षाको निम्ति, जनयुद्धको मर्मलाई नयाँ ढंगले पक्डिनको निम्ति र अबको सन्दर्भमा पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई वैज्ञानिक ढंगले नेपाली समाजमा प्रयोग गरेर नेपालमा श्रमजिवी जनताको लागि रगत बगाउने आम महान् सहिद , घाइते, अपाङ्ग साथीहरूको विचारको प्रतिनिधित्व गर्ने, उहाँहरूको भावना र आकांक्षाको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आवश्यकता प्रवल बनेर आएको छ । पार्टी त्यसको निम्ति प्रतिवद्ध छ । एकपटक सबै नेपाली जनतालाई यो राष्ट्रको अन्तिम मुक्ति र नेपाली जनताको आफ्नै राज्यसत्ता र शासन व्यवस्था स्थापनाको निम्ति निर्णायक संघर्षमा अगाडि बढ्न अपिल गर्दछु र पार्टीले त्यसको दृढताका साथ नेतृत्व गर्नेछ भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

प्रतिक्रियाहरु