‘ फ़ैसला सडकले गर्छ ‘

२०७५ माघ २१ गते, सोमबार

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राज्यलाई ७२ अर्ब कर नतिरेको र केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि क को रिहाईको लागी गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । सो बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ र काठमाण्डौं उपाध्यक्ष गोविन्द बिष्टलाई गिरफ़्तार गरेको बताइएको छ । यसैबीच , अखिल क्रान्तिकारीका केन्द्रीय महासचिब प्रकाश शाहीले शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकामा घोर भर्त्षना गर्दै निर्दोष कोषाध्यक्षलगायत आफ्नो संगठनका सम्पूर्णको नेताको सिघ्र रिहाईको माग गरेका छन । फ़ैसला सडकले गर्ने उनले चेतावनी दिएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु