निर्मला पन्त हत्याका सय दिन : न्यायको बदला पैसाको प्रलोभन

२०७५ कार्तिक १६ गते, शुक्रबार

काठमाडाैं, १६ कार्तिक । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन पुगेको छ । सय दिन पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।गत १० साउनमा निर्मला पन्त साथीको घरमा गृहकार्य गर्न गएको त्यसपछि बेपत्ता भएकी उनको भोलिपल्ट ११ गत्ते कञ्चनपुर भिमदत्तनगर निम्बुखेडामा बलात्कार पछि हत्या भएको अवस्थामा भेटिएकी थिइन् ।
घरबाट हराएको सय दिनसम्म पनि दोषी पत्ता लगाउन नसक्दा प्रहरी प्रशासनमाथि जनआक्रोश बढ्दो छ। हत्याको लामो समय बितिसक्दा पनि परिवारले हत्याराबारे कुनै प्रमाणसमेत फेला नपार्नु लाजमर्दोसँगै चिन्ताको विषय पनि हो ।हत्या अनुसन्धान परिणाम शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न थालिएको छ ।
यसअघि घटनामा लापरवाही तथा प्रमाण नष्ट गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलार्इृ बर्खास्त गरिएको छ ।तर मनमा आक्रोशको आगो दन्काएर न्यायको आशमा रहेका निर्मलाका आमा बुवालाई प्रहरी बर्खास्तगिले कुनै प्रभाव पारेको छैन ।
यस्तैमा प्रशासनले निर्मलाको परिवारलाई न्यायको साटो पैसाको प्रलोभन देखाएको खुलेको छ । कञ्चनपुरका सहायक सीडीओले निर्मलाका बुवालाईे रकम लिन प्रस्ताव गरेको तर आफुहरुलाई पैसाको नभइ आफ्नो छोरीको वास्तविक हत्यारा पक्राउको माग मात्र रहेको बुवा यज्ञराज पन्तले प्रतिक्रिया दि‌दै प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउने सबै सूचना पर्याप्त हुँदा हुँदै पनि मौन रहनु भित्र ठूलो रहस्य रहेको भन्दै आक्रोश पोखेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु