पिसाबमा उमालेको अण्डाको मुल्य चार गुणा बढी

२०७५ आश्विन ११ गते, बिहीबार

काठमाडौं , ११ असोज । चीनमा कुमार केटाको पिसाबमा उमालेको अण्डा खाने गरिन्छ । जुन परम्परा हजारौँ वर्षदेखि चलिआएको छ । यसका लागि कतिपय स्कुलमा पिसाब संकलन पनि गरिन्छ । यसरी पिसाबमा उमालेको अण्डा खाँदा कमर, खुट्टा तथा जोर्नी दुख्ने समस्या समाधान हुने विश्वास गरिन्छ ।
चीनको झेजियांग प्रान्तमा हजारौ वर्ष पहिलादेखि यो परिकार बनाएर खाईरहेका छन । अण्डालाई पिसाबमा दुई पटक उमालिन्छ । पहिला अण्डालाई उसकै प्राकृतिक रुपमा उमालिन्छ । अण्डाको बोक्रा निकालेर फेरि दोस्रो पटक अण्डालाई पिसाबमा उमालिन्छ र यसरी उमालेको अण्डालाई खानको लागि राखिन्छ । यसको मुल्य साधारण अण्डाको तुलनामा चार गुणा बढी हुने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु