सरकारको पहिलो उपहार कर र महँगी

२०७५ भाद्र ७ गते, बिहीबार

काठमाडौँ , ७ भदौ । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले सरकारको पहिलो कर र महँगी भएको बताएका छन् । दुई तिहाइ बहुमत प्राप्त सरकारले पेट्रोलियम पर्दाथ देखि खाद्य सामग्रीमा बढाएको महँगीको मारले जनताको ढाड सेकिएको र मध्यम वर्गसमेत खाद्य बस्तु किनेर खान नसक्ने अवस्थामा पुगेको गजुरेलले बताए । सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनतालाई थप मार पारेको उनले बताए । बिहीबार एक सञ्चारमाध्यमसँग कुरा गर्दै गजुरेलले पेट्रोलियम पदार्थदेखि शिक्षा र स्वास्थ्य क्षेत्र माफियाकरण भइरहेको बताए । नेता गजुरेलले ओली नेतृत्वको सरकार प्रतिक्रियावादी भएको धारणाा ब्यक्त गरे । ६ महिनासम्म गरेका काम हेर्दा सरकार फासिवादतिर अगाडि बढेको उनकाे भनाइ थियाे। ओली नेतृत्वको सरकार पाँच वर्षसम्म चले मुलुक विदेशीको गुलाम बन्ने दाबी गरे । ओली दोस्रो पटक प्रधानमन्त्री भएर भारत भ्रमण गएबाटै राष्ट्रिय स्वाधीनतामाथि खतराको नयाँ शृखंला सुरु भएको गजुरेलको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु