बालकको अपहरण पछि हत्या, दुई अपहरणकारी मारिए

२०७५ श्रावण २१ गते, सोमबार

काठमाडौँ ,२१ साउन । भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अपहरणकारीद्वय अजय तामाङ र गोपाल तामाङ छन् । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र अपहरणकार्यमा प्रयोग भएको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ नै काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको अपराध महाशाखाले जनाएको छ । अपहरणकारीद्वय तामाङले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेको खुल्न आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार