प्रतिरोध संघर्ष अझै घनिभुत हुंदै जानेमा कुनै संदेह छैन – सौगात , सेक्रेटरी – नेकपा झापा

२०७५ असार ५ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी पुरानो संसदिय ब्यवस्थाको बिकल्पको रुपमा बैज्ञानिक समाजबादलाई अघि सार्दै निरन्तर राजनैतिक संघर्षमा छ । विभिन्न प्रकारका बैधानिक/अबैधानिक संघर्ष गरिरहेको नेकपा प्रधानमन्त्री केपि ओलिको गृह जिल्ला झापामा आफ्नो संघर्षलाई पेचिलो बनाउदै अगाडि बढिरहेको छ । पछिल्लो चरण झापामा संघर्ष बढिरहेको हुनाले झापामा भैरहेका विभिन्न संघर्षहरुको बिसयमा नागरिकहरुमा रहेको जिज्ञासालाई सामधान गर्ने उदेश्यले झापाका सेक्रेटरी अर्जुन आचार्य ‘सौगात’ संग गरेको कुराकानी :

झापामा पछिल्ला दिनहरु हिंसात्मक बन्दै गैरहेका छन । बम आक्रमणहरु भैरहेका छन, दमकका वार्ड अध्यक्ष भिम पौडेलको घरमा बम पड्किएको छ , मेयर रोम ओलिमाथि बम आक्रमण भएको छ , यी घटनाहरुमा तपाइहरुको हात छ भन्ने आसंका गरिएको छ यस बिसयमा के भन्नु हुन्छ ?

यंहाले गर्नु भएको प्रश्न झापामा भएका जल्दाबल्दा घटनाहरुसंग जोडिएका छन । मुख्य बिसय यो ब्यवस्थासंग जोडिएको छ, यो संसदिय ब्यवस्थाको असली स्वरुप तपाइ हामिले देख्दै र भोग्दै आएका छौं । अझ अहिले आएर कथित कम्युनिस्टहरुको दलालिले नेपाली जनतामाथी मच्चाएको लुटखसोट छर्लङ्ग भएको छ । चुनाब अगाडि प्रचारमा समृद्धिको नारा लगाएका केपि प्रचण्डहरुले आफ्नो नाङ्गो रुप देखाउदै जनताहरुमाथि अनेक प्रकारका दुख दिइरहेका छन । यो बेला नागरिकहरुमा आइपरेको दुख, झन्झट र राज्यदमनले आक्रोश पैदा गरेको छ । जनस्तरबाट विभिन्न स्वरुपका प्रतिरोधहरु हुन थालेका छन । प्रतिरोध संघर्ष अझै घनिभुत हुंदैजाने कुरामा कुनै संदेह छैन । त्यही आक्रोश र प्रतिरोधका परिणाम हुन झापा दमकका घटनाहरु । हामीमाथि आसंका हुनु स्वभाविक छ, किनभने राज्य दमन र संसदिय दलाली बिरुद्ध ससक्त रुपमा यतिबेला कोहि बोलेको छ भने त्यो हाम्रो पार्टिले मात्र बोलेको छ । जसकारण भ्रस्ट, दलालहरु बिरुद्ध हुने आक्रमणहरुमा नेकपाको संमलग्नता रहेको हुन सक्ने आंकलन स्वभाविक छ । यधपी यि घटनाहरुमा हाम्रो पार्टिको भन्दा जनताको स्वतस्फूर्त प्रतिरोध रहेको स्पस्ट छ । हाम्रो नीति दलाल संसदिय ब्यवस्थाको खारेजी हो, हामी सबै जनप्रतिनिधिहरुलाइ राजिनामा दिनुस भनेर आग्रह गर्दैछौ । जनतालाइ यो कुरा मन परेको छ, यसको राजनैतिक नेतृत्व हाम्रो पार्टिले गर्ने भएपछी जनताले प्रतिरोध भटाभटी गर्न थालेका छन यो अझ बढेर जान्छ भनेर सहजै अनुमान लाउन सकिन्छ ।

नेकपा झापाको जनपरिसदले बिग्यप्ती निकालेरै मेयर रोम ओलि र भिम पौडेलाइ त्यसै नछोड्ने भनेको थियो । त्यसपछी पौडेल र ओलिमाथी आक्रमण भएको छ यो तपाइहरुले गरेको जस्तो भएन र ?

मेरो आग्रह छ , तपाइहरुले बिसयलाइ सतही नबुझिदिनुस । मैले अघिपनी भने हामी यो ब्यवस्थाको बिकल्पको कुरा गर्दैछौं । जनतालेपनि यहि चाहेका छन, यतिबेला आम नेपाली नागरिक हामिले दिएको बिकल्प अर्थात बैज्ञानिक समाजबादी ब्यवस्था प्रती आकर्सित भैरहेका छन । हामी राजनैतिक संघर्षमा छौं, जनताले हाम्रो संघर्षलाई साथ दिएका छन । राज्य यो लोकप्रियता र आकर्षण बाट अताल्लिएर बहुला कुकुर जस्तो भएर जथाभावी दमन गर्न थालेको छ । सुकुम्बासिको घर भत्काउने काम गर्छ, त्यांहा स्वत सुकुम्बासिले प्रतिरोध गर्छन त्यसैले प्रतिरोध भएको छ , किसानमाथि दमन भयो भने किसानले प्रतिरोध गर्छन, मजदुर , दलित, कर्मचारी, प्रहरी, सुरक्षाकर्मी सबैले आफू माथी भएको दमन बिरुद्ध प्रतिरोध गर्छन र गरेका छन । यो त के हो भने कुनैपनी उत्पिडित समुदाय बर्गले आफ्नो बिरोध या प्रतिरोध लाई साथ दिने राजनैतिक संघर्ष देखे वा भैरहेको अनुभूति गरे भने उनिहरु स्वत प्रतिरोध संघर्षमा उत्रन्छन । यो त्यही भएको हो, अर्को कुरा सुकुम्बासीलाइ दमन गरे त्यसै नछोड्ने भन्ने आसयको जनपरिसद झापाको बिग्यप्तिको बिसयमा जो कुरा उठाउनु भएको छ, त्यो बिग्यप्ती मैलेपनि हेरेको छु त्यो सुकुम्बासिले प्रतिरोध गर्छन भन्ने आसयको छ । हामिले स्पस्ट भनेका छौ हाम्रो साथ उत्पिडित हरुको निम्ति रहन्छ । हाम्रो जनताको यो प्रतिरोधमा समर्थन रहेको छ ।

भनेपछी तपाइहरुको साथ सुकुम्बासीलाइ छ भनेर बुझ्दा हुन्छ ?

जवाफ-अर्थको अनर्थ लगाउने तिर नजाउ , जनता इतिहासका निर्माता हुन्छन । जहाँ दमन हुन्छ त्यांहा अनिवार्य प्रतिरोध हुन्छ । यो बिज्ञानको नियम हो । हाम्रो पार्टी राज्य द्वारा लादिएको अन्याय, अत्यचार, सोसण, दमनको बिरुद्ध उठ्न र ससक्त प्रतिरोध गर्न सधै आव्ह्वान गर्दै आइरहेको छ । राज्यले गरेको दमन बिरुद्ध कस्तो प्रकारको प्रतिरोध जनताले गर्छन यो जनताको निजि बिसय हो । तपाईं हेर्दै जानुस आज जनताले बम पड्काएर प्रतिरोध गरेका छन, राज्यले दमन बढायो यदि भने जनता हातमा दहि जमाएर बस्दैनन यो भन्दा कडा प्रतिरोधमा जनता अगाडि बढ्ने निश्चित छ । बिग्यानमा एउटा नियम छ, स्पृङ्गलाइ जति थिच्नुस स्पृङ्ग त्यतिनै मात्रामा उफ्रन्छ । बम हामिले सुकुम्बासिलाइ दिनु पर्दैन हिजो जनयुद्धले जनतालाइ बम बनाउन सिकाइसकेको छ । हिजो जसले बम बनाउन सिकाएको छ उनिहरुनै आज जनतालाइ दमन गर्दैछन, यसमा हामिले धेरै सोच्नै पर्दैन जनताले घर घरबाट बम बनाएर प्रतिरोधमा निस्कन सक्छन । यसमा जनता सक्षम छन ।

जनप्रतिनिधिहरुको राजिनामा माग गर्नु भएको छ नि होइन ?

दलाल संसदिय ब्यवस्था जनताले मान्दैनन । जनसत्ताको आवश्यकता स्पस्ट भएको छ । हामिले इमान्दार पुर्वक जनप्रतिनिधिहरुलाइ राजिनामा गर्न आग्रह गरेका छौं । जनसत्ता चलिरहेको छ, जनसत्ताले स्वत खारेज गरेर अगाडि बढ्ने छ । यसमा जनप्रतिनिधीहरुले अटेर नगरेकै राम्रो हुन्छ । सरक्क राजिनामा दिएर जनसत्तालाइ सहयोग गर्दा धेरै राम्रो हुन्छ ।

झापामा निजि बिधालयहरुलाइ जनपरिसदमा दर्ता गरेर संचालन गर्न पत्रचार गर्नु भएको छ, यो दर्ता कस्तो हो ?

निजि बिधालय, उधोग, स्वास्थ क्षेत्र, सामुदायिक बिधालय , एनजिओ आइएन जिओ , लगायतका जनतासंग प्रत्यक्ष सरोकार राख्ने सबै क्षेत्रहरुलाइ ब्यबशायिक भन्दा सेवामुलक बनाउने हाम्रो कुरा हो । यसर्थ हामी जनपरिसदको नियम बमोजिम दर्ता प्रकृयामा सबैलाइ बिस्तारै ल्याउछौं । तर अहिले निजि बिधालय नाफाखोर ब्यापारि जस्तो भएको छ । त्यसैले हामिले पहिला यहि क्षेत्रलाइ दर्ताकोलागी बोलायौं । केही दर्ताको लागि आएकापनी छन । केही आउने प्रकृयामा छन । पुरानो सत्ताको आडमा अटेर गर्नेपनी धेरै छन हामी उनिहरुलाइ कार्बाही गर्छौ ।

नेकपाको झापामा कस्तो स्थिति छ ?

झापामा सोसण अत्याधिक छ । झापाका जनता छिटो भन्दा छिटो नया अर्थात सुख शान्ती र समृद्धि दिने ब्यवस्था खोजिरहेका छन । हामी जहाँ जहाँ पुगेका छौं त्याहा जनताले हामिलाइ अर्थात हाम्रो पार्टिको आन्दोलनलाइ समर्थन गरेका छन । अहिले झापाका अधिकांस गाउँ नगर टोल सबै तिर पार्टिको प्रचार पुगेको छ । हाम्रो आन्दोलन प्रती आकर्सित आम झापाली जनसमुदाय हाम्रो पार्टिको सम्पर्कमा आइपुगेका छन । यो अझै बढेर जाने देखिन्छ ।

एमाले र माकेको एकता पछि तपाइको पार्टिमा माकेबाट ठूलो संख्यामा कार्यकर्ताहरु प्रबेश गर्ने आंकलन गरिएको थियो, तर त्यस्तो त देखिएन नि ?

सम्पर्कमा नआएका भन्ने छैन । उनिहरुको एकता पछि माकेका कार्यकर्ता मात्र होइन, प्रगतिशिल, क्रान्तिकारी, देशभक्त रास्ट्रबादी सबै प्रकारका मान्छेहरु हाम्रो सम्पर्कमा आएका छन । सम्पर्कमा आउनेहरुको रुचि र पुरानो राजनैतिक हैसियतलाइ मिलाएर जिम्मेवारी दिंदै अगाडि बढेका छौ । माकेबाट र अन्य पार्टिबाट हाम्रो पार्टिमा प्रबेश गर्नेहरुको संख्या ठूलो भएको हुनाले हामी सबै कुरा मिलाएर अगाडि बढ्दै छौ । दुश्मनहरुको स्थिती समेत बुझेर हामिले पार्टिलाइ सन्तुलित ढङ्गले अगाडि बढाएका छौ ।

आगामी कार्यक्रमका बारेमा केही बताइदिनुस ?

हाम्रो पार्टी जनताको बिचमा छ । हामी जनताहरुलाइ प्रतिरोध आन्दोलनमा सहभागी हुन अपिल गर्दैछौं । जसकारण पार्टिको योजना अनुसारका नियमित कामहरु हुनेनै भए । संगै हामिले जन सत्ता संचालन गर्ने कुरा छदैछ । हामी जनसत्ता मार्फत जनताको बिचमा फरक सत्ता चलाउछौं । यसबाट जनतालाइ ठूलो राहत पुग्ने हामिले ठानेका छौं । जनताहरु चौतर्फी पिंडामा छन, अन्यायमा पारिएको छ । हाम्रो न्याय बिभाग मार्फत अन्यायमा परेका जनताहरुलाइ न्याय दिलाउंदै अगाडि बढ्ने कुरा भैहाल्यो । हामिले झापामा केही दलाल र भ्रस्टहरुको कर्तुतहरुको तथ्य जुटाइसकेका छौं, हामी उनिहरुलाइ कार्बाही गर्छौ । केही भ्रस्ट कर्मचारी र तस्करहरुको कर्तुतलाइ हामी जनताको बिचमा लगेर भण्डाफोर गर्दैछौं र उनिहरुको सम्पती जनसत्ता मार्फत जफत गर्दैछौं । बिकास निर्माणमा भएका अनियमितता र भ्रस्टाचारको बिसयमा हाम्रो जनसत्तामा मुद्दाहरु आएका हुनाले हामी ती योजनाहरुको अनुगमन गर्ने र अनियमितता भेटिए भौतिक कार्बाही गर्ने छौ । गुण्डाहरुको गुण्डाराज मौलाएको हुनाले त्यसले नागरिकहरुमा पारेको असरको अध्यन गर्दै गुण्डागर्दी गर्ने युवाहरुलाइ सच्चिन आग्रह गर्ने योजना छ । बजारको अनुगमन गर्दा ब्यापारिहरु जनतालाइ लुट्न लागिपरि गरेको देखिन्छ, हामी कालोबजारी गर्ने सबै ब्यापारिलाइ कार्बाही गर्ने योजनामा छौ । यस्तै यस्तै योजनाहरु हाम्रो पार्टिले अगाडि बढाउछ । हामी अब जनतालाइ लुट्ने काम जंही सुकै भएपनी चुप चाप हेरेर बस्ने पक्षमा छैनौ । तुरुन्त कार्बाही गर्छौं ।

अन्त्यमा केही भन्नू छ ?

हामी जनता र रास्ट्रको मुक्तिको निम्ति विभिन्न प्रकारका घात अन्तर्घातहरु चिरेर अगाढी बढिरहेका छौं । हामिले गर्दै आएको आन्दोलन र सपना जनताको त्याग बलिदानी बाट सिंचित छ । हामी त्यो बलिदानी र सपना प्रति इमान्दार भएर अगाडि बढ्ने छौं । झापा क्रान्तिकारी आन्दोलनको उर्बर भुमी हो, यंहाका जनतामा बिद्रोह छ । म सबै झापाली जनता मजदुर, किसान, सुकुम्बासि, युवा, बुद्दिजिबी , व्यापारी, उधोगी, सुरक्षाकर्मी, पत्रकार सबै पेशाकर्मी र उत्पिडित जाती जनजातीलाइ हाम्रो यो आन्दोलनलाइ सहयोग गर्न आग्रह गर्दछु । र पार्टिका सबै झापाली नेता कार्यकर्ताहरुलाइ राज्यदमनको बिरुद्ध प्रतिरोध गर्ने गरि आफुलाइ हरसेकेण्ड तयार राख्न आग्रह गर्दछु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु