अक्करकाे गर्भभित्र अरुणका सुस्केराहरु- दुर्गा कुवंर

२०७५ बैशाख २७ गते, बिहीबार

कहाँ बाट शुरु गरुँ ,
अक्करकाे कथा !
अरुण तीरमा दुखि
जीवन बिताउनेकाे ब्यथा !!

बिकासले कुवर दुर्गालाइ
छुदैछाेकाे छैन !
ढाकर, तक्मा नाम्लाे उसकाे
बिसिएकाे छैन !!

दिनै भरि माछा मारी
फिर्छ माझीकाले !
रित्ताे चुल्हाे पिराेलिन्छ,
सातु सामलले !!

खिच्छन् भन्छ उसकाे फाेटाे
बिदेशीले दिनदिन !
तिरिएन रे अाज सम्म
बाउबाजेकाे ऋण !!

फेर्छौ भन्थे कायापलट
अाफै लागी हामी !
यसै यसै बगिराछ
अरुणकाे पानी !!

पानी भित्र लुकेका
ती सम्भाबनाहरु
यसै यसै बग्दै गए !
बस्ती अन्तै सर्याे !!

लडीराछे गाेले ठुली
बर्ष दिन भाे अरे!
बेपत्ता छ ठुलाे छाेराे
फर्किएन अरे !!

साेध्दै थिईन् बाहुनी अामै
हसिया हथौडालाई !
सुखदुःख अाधा गर्ने
रुखअनि सुर्यलाई !!

याे कलमले सारा ब्यथा
लेख्न सक्ने हाे कि हैन !!
अक्करले कायापलट
फेर्न सक्ने हाे कि हैन !!

प्रतिक्रियाहरु