महतमाथी बोत्तल प्रहार

२०७४ चैत्र २ गते, शुक्रबार

काठमाडौं , २ चैत । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथी बोत्तल प्रहार भएको छ । नुवाकोट दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा दुप्चेश्वर–३ का रामहरी खड्काले उनको टाउकोमा ताकेर बोत्तल हानेका हुन । बोतल प्रहार गर्ने खड्कालाई प्रहरीले तत्कालाई नियन्त्रणमा लिएको थियो । दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल प्रहार गर्ने खड्कालाई प्रहरीले पक्राउ गरेको छ । शिलान्यास कार्यक्रम समारोह चलिरहेको समयमा करिब पाँच बजेतिर अकस्मात महतलाई पानीले भरिएको बोत्तल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिए । खड्कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु