एम्बुलेन्सले ज्यान लियो

२०७४ फाल्गुन १४ गते, सोमबार

काठमाडौं, १४ फागुन । गएराति सिराहाको धनगढीमाई–८ कुसहामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स१झ ४७१ नम्बरको एम्बुलेन्सले अनटेष्ट लेखिएको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका धनगढीमाई ८ कै २३ वर्षीय दिपेन्द्र महतोको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा गएराति सवा १० बजे मृत्यु भएको हो । एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार