अमेरिकालाई शीतयुद्धकालिन मानसिकता त्याग्न आग्रह

२०७४ माघ २१ गते, आईतवार

काठमाडौँ, २१ माघ । चीनले अमेरिकालाई शीतयुद्धकालिन मानसिकता छोड्न आग्रह गरेको छ । वासिङ्टनले आणविक शस्त्रलाई साना बममा परिवर्तन गर्ने र परमाणु अस्त्र विविधिकरण गर्ने योजना बनाएपछि चीनको यस्तो भनाइ सार्वजनिक भएको हो ।
अमेरिकी सेनाले आणविक हतियार प्रयोग गर्न मुस्किल भएको विश्वास गर्दै साना किसिमका बम विकसित गर्न चाहेको जनाएको छ । सानो आकारका कम शक्तिशाली बम भए पनि ती विध्वंशात्मक हुन्छन् । यस्तै शक्तिको बम जापानको नागासाकी शहरमा खसाल्दा ७० हजार मानिस मारिएका थिए ।
चीनले पेन्टागनको आणविक नीतिको समीक्षालाई औपचारिक रुपमा विरोध गरेको छ । अमेरिकी सेनाले यस्तो अवधारणा सन् २०१० पछि पहिलो पटक तयार पारेको हो । आफ्नो आणविक नीति भने रक्षात्मक प्रकृतिको भएको चीनको जिकिर छ । रुसले पनि अमेरिकी योजनाको भर्त्सना गर्दै आफ्नो मुलुकको सुरक्षाको निश्चितताका लागि आवश्यक उपायहरु अपनाउने जनाएको छ । अमेरिकाले चीन, रुस, उत्तर कोरिया र इरानबाट सम्भावित चुनौती रहेको उल्लेख गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु