अपाङ्ग दिवस मनाईंदै

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । ‘कोही पनि नछुटुन् दिगो विकासको नारा, अपांगतामैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा’ भन्ने नाराका साथ अपांगता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवस नेपालमा विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । गत मंसिर १७ गते विश्वव्यापी रुपमा यो दिवस मनाइए पनि नेपालमा भने आज मात्रै मनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका कारण १७ गते नमनाइएको यो दिवस आज मनाइएको हो ।
दिवसका अवसरमा आज समाज कल्याण मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सरकारले अपांगता भएकाहरुका अधिकार कागजी रुपमा कार्यक्रम ल्याए पनि कार्यान्वयन नभएको गुनासो गरेका थिए ।
उनीहरुले अपांगता भएका व्यक्तिका माग प्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । यसअघि मन्त्रालयले प्रभातफेरि निकालेको थियो । कमलादीबाट सुरु भएको ¥याली नगरका विभिन्न ठाउँ परिक्रमापछि समाज कल्याण मन्त्रालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार