नेकपाद्धारा नेता – कार्यकर्तालाई झुठ्ठा मुद्धामा नफसाउन चेतावनी

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाण्डौं . ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्ना नेता कार्यकर्तालाई झुठ्ठा मुद्धामा फसाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
नेकपा रोल्पाले एक विज्ञेप्ती जारी गरेर रोल्पामा आफ्नो पार्टीका इन्चार्ज र सेक्रेटरीसहित १५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनीहरुलाई हतियारसहितको मुद्धामा आरोपित गर्न खोजेको भन्दै सो आरोपलाई पार्टीले खारेज गरेको छ । नेकपा रोल्पाका जिल्ला कार्यालय सदस्य प्रतापद्धारा जारी विज्ञेप्तीअनुसार जिल्ला र देशव्यापी रुपमा संसदीय दलका उम्मेदवारहरुमाथि भइरहेको आक्रमण जनताको स्वतस्फुर्त विद्रोह भन्दै त्यसलाई स्वागत गरिएको छ । आफ्ना नेता कार्यकर्ताहरुलाई झुठा आरोप लगाएर आरोपित गरिए त्यसलाई जनताले सिधा रुपमा खारेज गरिदिने नेकपा रोल्पाले बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जारी गरेको प्रेस विज्ञविज्ञेप्तीको पूरा पाठ यस प्रकार रहेको छ – “आदरणीय जनसमुदाय हाम्रो पार्टी कथित दलाल संसदीय र प्रदेश सभाको चुनावलाई राष्ट्रघाती, जनघाती र प्रतिगामी कदमको रुपमा परिभाषित गरेर त्यसलाई खारेज गर्न निशस्त्र र शान्तिपूर्ण अभियानमा देश अगाडि बढिरहेको छ । नजिकिदै आएको चुनावसँगै देश र जनताको पक्षमा घनिभुत र सानदार रुपमा सफल हुदै गएको अभियानका प्रभावबाट अत्तालिएर प्रक्रियावादी राज्यसत्ता र सरकार अघोषित संकटकाल र युद्ध देशव्यापी रुपमा सञ्चालन गरेर आफ्नै संविधानमा उल्लेख भएका नागरिक स्वतन्त्रता र मौलिक अधिकार जस्ता विषयलाई कागजी र देखाउने दात सावित गरिरहेको छ ।
विगत जनयुद्धमाथि गरिएको दमन र राज्य आतकंलाई ब्युताउदै हाम्रा निहत्था नेता कार्यकर्ताहरुलाई गैर कानुनी ढंगबाट जंगल सर्च, घरगोठ खानतलासी, चोक बजार र गाउँमा व्यापक सुराकी परिचालन गरेर गिरफ्तार गर्ने र झुठ्ठा मुद्दा लगाउने षडयन्त्र र रणनीति अपनाएको छ । यसैक्रममा रोल्पा जिल्लाबाट (दल बहादुर खत्री जागृति जिल्ला इन्चार्ज, सन्तोष सुबेदी प्रयास जिल्ला सेक्रेटरी, धन बहादुर खत्री टँइगर जिल्ला सदस्य, धन बहादुर थापा विश्लेषण जिल्ला सदस्य, हेमन्त पुन जिल्ला सदस्य, लाल बहादुर सुनार जिल्ला सदस्य, दुर्गा प्रसाद केसी पार्टी एरिया सदस्य, विर बहादुर वली राष्ट्रिय युवा जनस्वयमसेवक जिल्ला सदस्य, मिनराज बिष्ट युवा जिल्ला सदस्य, श्याम घर्ति युवा समर्थक, रामसिह घर्ति युवा समर्थक, आइतराम वली र खड्क केसी पार्टी समर्थकलाई) गिरफ्तार गरी कतिपयलाई खानेपानी योजनाका सकेटहरु र बनावटी हतियार राखी दिएर झुठ्ठा मुद्दा लगाउने योजना गरिएको छ । हाम्रो पार्टी यस्तो कार्यको घोर भत्सर्ना गर्दछ र विना सर्त रिहाइको माग गर्दछ ।
चुनावमा भएका प्रतिद्धन्दीहरुबीचको झडप, ती दुईपक्षबीचबाट फाइदा उठाउने तेस्रो पक्ष र कतिपय अवस्थामा देशमा भइरहेको राजनीतिक, आर्थिक, प्रशासनिक आदि सबै क्षेत्रमा भएका विकृति विसंगतिबाट आक्रोषित भएर जनसमुदायले गरेका प्रतिरोधलाई नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ता, समर्थक र जनसमुदायमाथि आरोप लगाउने, घटना र विषयलाई अतिरञ्जीत गरी प्रचार नगर्न सम्बन्धीत सबैको ध्यानाकर्षण गराउदछौं । अहिलेसम्म गरिएका झुठ्ठा भ्रम र प्रचारलाई सही रुपमा बुझ्न र बुझाउन बुद्धिजीवि, शिक्षक, कर्मचारी, किसान, मजदुर, विद्यार्थी, व्यवसायी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षकर्मी र आम जनसमुदायहरुलाई हाम्रो अनुरोध छ ।
यदि जनसमुदायमाथि दमन, डर, त्रास, श्वेत आतकंलाई निरन्तरता दिदैं चुनावी स्वार्थमा भएका सबै घटनाहरु र विषयहरुलाई हामीमाथि आरोप लगाइन्छ भने त्यसको जवाफदेही स्वयम राज्यसत्ता र चुनावी नाटक गरेर देश र जनतालाई लुट्ने र बेच्ने दलालहरु नै हुनुपर्नेछ । आम नेपाली न्यायप्रेमी, देशभक्त, जनवादी र क्रान्तिकारी जनसमुदायहरुले जनप्रतिरोधमा उत्रनुपर्ने वातावरणको सिर्जना नगरियोस् भन्ने पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउदछौं । साथै यही २०७४ मंसिर ५ गते हाम्रो पार्टीका जिल्ला सदस्य क.देब बहादुर थापा अजयका बुवा श्री नन्द लाल थापाको ७४ वर्षको उमेरमा भएको असामयिक निधनले हाम्रो पार्टी स्तब्ध भएको छ । उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तव्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु