अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति लिलामी

२०७४ कार्तिक २९ गते, बुधबार

काठमाण्डौ , २९ कार्तिक । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको मुम्बईस्थित अचल सम्पत्ति लिलाम गरिएको छ । सम्पत्ति लिलाम भएलगत्तै दाउदका एक सहयोगीले फोनमार्फत भारतका एक पत्रकारलाई कडा प्रतिक्रिया दिएका छन् । समाचार एजेन्सीहरुका अनुसार दाउदका तीन अचल सम्पत्ति लिलाम गरिएको हो । मंगलबार बिहान दाउदको रौनक अफरोज होटल, डाबरवाला बिल्डिङ र शबनम गेस्ट हाउस लिलाम बिक्री गरिएको हो । मंगलबार नै पाकिस्तानको कराँचीबाट दाउदका सहयोगीले भारतीय टेलिभिजन च्यानल ‘आजतक’का संवाददाता विरेन्द्र सिंहलाई फोन गरी भारतले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । उनले सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटलाई नभुल्न पनि चेतावनी दिएका छन् । धम्की दिने व्यक्तिले आफ्नो नाम उस्मान बताएका छन् । उनले मोदी सरकारसँग दाउद नडराउने पनि प्रष्ट पारेका छन् । भारतले दाउदलाई सर्वाधिक खोजीको सूचीमा राखेको छ । उनीविरुद्ध विभिन्न आपराधिक मुद्दा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु