शेरधन राई चढेको गाडीमा बम प्रहार

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं, २८ कात्तिक । भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । भोजपुर ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४-१५ जनाको समहूले राई चढेको गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। उम्मेदवार राई भने सकुशल छन् । अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। सुरक्षामा खटिएका असईले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन्। प्रहरीले उनको हातमा चोट लागेको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु