हुन्डी कारोबारी पक्राउ

२०७४ कार्तिक १८ गते, शनिबार

काठमाडौं, १८ कात्तिक । प्रहरीले स्थानीय खिचापोखरीबाट हुन्डी कारोबारमा संलग्न तीनजनालाई रु ५६ लाख ८० हजारसहित शुक्रबार पक्राउ गरेको छ ।
हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको ५६ लाख ८० हजार रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाग्लुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौं धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौं बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौं लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ ।उक्त रकममध्ये थापाका साथबाट रु ३९ लाख, छन्त्यालका साथबाट रु १३ लाख ५० हजार र चौधरीका साथबाट रु ४ लाख ३० हजार बरामद गरिएको हो । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु