आज पञ्चदान पर्व

२०७४ भाद्र ३ गते, शनिबार

काठमाडौं, ३ भदौ । आज भाद्र कृष्ण त्रयोदशी , बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाईंदै छ । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ । एक दिनअघि बुद्ध प्रतिमा र दान दिइने बस्तु घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने बस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ ।
काठमाडौंको स्वयम्भू महाचैत्यमा दान दिने र लिनेको ठूलो भीड लागेको छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार