दमनले बिद्राेह जन्माउँदैछ

२०७४ बैशाख २० गते, बुधबार

काठमाडौँ, २० बैशाख । नेपाल कम्युनिस्ट पार्टी कर्णाली ब्युरोले शान्तिपूर्ण जनतासँग छलफल गरिरहेका पार्टी नेता-कार्यकर्ताकाे गिर्फतारी र दमनले स्वतः बिद्राेह जन्मिने चेतावनी दिएकाे छ । साे पार्टीका कर्णाली व्युराे इन्चार्ज एटम बिसीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै जनताकाे त्याे अाँधीमय बिद्रोहले दमनकारी सत्तालाई सदाकम लागि बिदा गर्ने बताएका छन् । जुम्ला जिल्ला इन्चार्ज रविकिरण र दैलेख जिल्ला सदस्यहरु जीवन , उपेन्द्र , क्रान्ति ,नगेन्द्र , गोविन्दलगायतका नेता- कार्यकर्ता तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने र त्यसबाट उत्पन्न हुने परिस्थितिकाे भागिदार सत्ता नै हुने विसीले बताएका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, आज देशमा माके कांग्रेसको निरंकु्श फाँसीवादी शासन चलिरहेको छ । शान्तिपूर्ण सभा, भेला प्रचार प्रसारमा रोग लगाउँदै कथित स्थानीय निर्वाचनको हवाला दिदै हाम्रो पार्टीमाथि व्यापक थरपकड, गिरप्फ्तारीको दमन शैली अख्तियार गरिरहेको छ । लोकतान्त्रिक अधिकारमा बञ्देज लगाउँदै गरिएको राज्य प्रशासनको ज्यादतिको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । जुम्ला बजारमा पार्टीको कामको शिलशिलामा पुगेर आपनो कोठामा बसिरहेका हाम्रो पार्टी जुम्ला जिल्ला इन्चार्ज रविकिरणलाई कोठाबाटै गिरपतार गरिएको छ । साथै लेख जिल्ला सातला पिपलसुकेका जनतासँग भेटघाट र छलफल गरिरहेका बेला हाम्राे पार्टी दैलेखका इन्चार्ज/सेक्रेटरी क•बिवेक, राष्ट्रिय युवा जनस्वंसेवकका केन्द्रीय सदस्य एवं कर्णाली व्युराे ईन्चार्ज क•दिनेश, जिल्ला सदस्यहरु . जीवन , उपेन्द्र , क्रान्ति , नगेन्द्र , गोविन्दलगायतका कमरेडहरुलाई बिना कारण दैलेख जिल्ला प्रहरीले गिरपतार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
शान्तिपूर्ण भेला, जनतासँग छलफल गर्ने कार्यप्रति नै प्रतिवन्द लगाउने निरंकुशतावादी सोच र शासन शैलीले राणा शासनको झल्को दिएको छ । यस्ता फाँसीवादी शासन सत्ता इतिहासमा कंही पनि टिकेको छैन र टिक्ने पनि छैन । दमन र गिरपतारीले झन् विद्रोह जन्माउँछ, निरंकुश सत्ताको आयु छोट्याउँछ । यो शासन सत्तामा रहेकाहरुले हेक्का राखेहुन्छ । उक्त बिना कारण गिरपतार गरिएका सम्पूर्ण कमरेडहरुको यथाशिर्घ रिहाईका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ । हाम्रो आग्रहलाई वेवास्ता गरिए जस्तो सुकै परिस्थितिको जन्म हुनसक्छ । त्यसको भागिदार राज्यपक्ष स्वयं हुनुपर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु