कम फुल्यो गुराँस, पर्यटकहरु निराश

२०७३ चैत्र २३ गते, बुधबार

काठमाडौं,२३ चैत । गुराँसको राजधानी भनेर चिनिने पुर्वमै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले क्षेत्रमा चैतको तेस्रो साता बित्न लाग्दापनि यस बर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटकहरु निराश बन्न थालेका छन् । फागुन अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो ।
तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको मिल्के जलजल क्षेत्रमा यतिवेला कम मात्रै गुराँस फुलेको छ । यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको आईयुसिएनको तथ्यांक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु