‘वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ कार्यदिशा तय ‘

२०७३ फाल्गुन १६ गते, सोमबार

काठमाडौ , १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्तोष बुढाले जनता परिवर्तनको पक्षमा रहेको बताएका छन । नेपालमा दलाल पुँजीबादको शासन चलिरहेको भन्दै पार्टीको महाधिवेशनले उक्त शासनको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ कार्यदिशा तय गरेको नेता बुढाले बताए । जनता सधै परिवर्तनको पक्ष हुने भन्दै उनले दलाल पुँजीबादको अन्त्य गर्न जनताले साथ दिइरहेको ठोकुवा गरे ।
उनले जनता २००७ सालदेखी नै सधै परिवर्तनको पक्षमा रहेको बताउदै ‘राणा शासन फाल्ने यिनै जनता, पञ्चायती शासन, राजा शासन फाल्ने यिनै जनता त हुन’ त्यसैले अब दलाल शासन पनि छिटै नै फाल्ने उनको दावी थियो । तत्कालिन ‘जनयुद्ध’मा म्याग्दीको बेनीबाट घाइते माओवादी लडाकुलाई जनताले नै बोकेर भारतिय सिमासम्म पु-याइदिने गरेको स्मरण गर्दै उनले भने ‘त्यहाँबाट सामान उठाएर थबाङसम्म ल्याइदिने काम कस्ले ग-यो’ । जनताले विगतमा पनि साथ दिएको र अहिले पनि साथ दिने भन्दै उनले परिवर्तन सम्भव रहेको दावी गरे ।
थबाङ स्थायी घर भएका नेता बुढाले थबाङ आफैमा म्युजियम रहेको बताए । आफ्नो पार्टीका महासचिव विप्लवले अरु माओवादी नेता जस्तो राम्रो गाडी किन्ने नगरेको दावी गर्दै तत्कालिन नेकपा माओवादी रहेको बेला विप्लव चढ्ने गरेको पूरानो गाडी पनि अहिले थबाङमा छाडिएको जानकारी दिए । ‘माओवादी र उक्त गाडी थबाङमै छोड्यौं’ उनले भने ।
उनले विगतदखी नै आफ्नो पार्टीले गर्दै आएको भ्रष्टाचारीहरुलाई कालो मोसो दल्ने कार्य समेत नरोकिएको जनाए । रिपोर्टर्स क्वल रोल्पाका अध्यक्ष सन्तोष शर्माको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सञ्चालन पत्रकार नबीनलोचन मगरले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु