सैनिक महिलाले बुर्का लगाउने पाउने

२०७३ फाल्गुन १२ गते, बिहीबार

काठमाडौं, १२ फागुन । टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् । टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो । सरकार बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर अनुहार भने छोप्न नपाइने व्यवस्था गरेको हो ।
सरकारले नयाँ नियम बनाए पनि यो टर्कीको राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने बताइएको छ । बर्षौंदेखि पक्ष र विपक्षमा बहस भइरहेको यो विषयमा टर्की सरकारले बुर्कामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । धर्म निरपेक्षताका पक्षधरले बुर्का धार्मिक रुढीबादीको प्रतिक भएको आरोप लगाउँदै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु