व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु

२०७३ मंसिर २८ गते, मंगलवार

काठमाडौं, २८ मंसिर । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले सुनसरीको धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको छ । व्यवसायीले प्याराग्लाइडिङको सुरुवातसँगै धरान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरेका छन् । धरानमा यसअघि स्काई एड्भेञ्चरले धरान–२० छोटी मोरङबाट प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिसकेको छ ।
बुढासुब्बा प्याराग्लाइडिङले समेत धरानमा उडान सुरु गरेपछि धरान आउने पर्यटकलाई थप सुविधा पुग्ने व्यवसायी बताउँछन् । रमितेडाडाँबाट धरानको सुन्दर दृष्य, चारकोसे जंगललगायत इटहरी, भेडेटारलगायतका हिम शृङ्खलाको दृष्य अवलोकन गर्न सकिने छ । बुढा सुब्बाले व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि पाँच जना पाईलट राखेको छ ।

प्रतिक्रियाहरु