आज आत्महत्या रोकथाम दिवस

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस, आत्महत्या रोकथामबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । बारम्बार आत्महत्याको सोच मनमा आइरहने वा आत्महत्या गर्न खोज्नेहरुको बारेमा थाहा पाए उसलाई नजिकको आफन्त वा मन मिल्ने साथीहरुले हौसला दिएर जीवन बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।
नेपालमा मात्रै नभएर विश्वमै आत्महत्या गर्ने बढ्दो क्रमले यसको रोकथाममा चुनौति थपिंदै गएको छ । विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिस मध्ये आधा जसोले आत्महत्या गर्ने गरको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।
नेपालमा पनि आत्महत्या रोकथाम चुनौतिपूर्ण बन्दै गएको छ । यहाँ गरिबी, पारिवारिक कलह, श्रीमानश्रीमतीबीचको असमझदारी, पे्रममा असफल, बेरोजगारी, अन्य विभिन्न तनाव जस्ता कारणले पनि आत्महत्या हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष झण्डै ८ लाखको आत्महत्याबाट ज्यान गइरहेको छ ।

प्रतिक्रियाहरु