कर्णालीबासीले २० किलो चामल प्रचण्डलाई फिर्ता पठाए

२०७३ भाद्र २४ गते, शुक्रबार

काठमाडौ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार संसदलाई सम्बोधन गर्दै कर्णालीमा जन्मिँदा र मर्दा २० किलो चामल दिने योजनाविरुद्ध यहाँ विरोध शुरु भएको छ । कर्णालीमा एकीकृत विकासको आवश्यकता भएको बताउँदै २० किलो चामल नचाहिएको भन्दै तीब्र विरोध शुरु भएको हो ।
‘कर्णालीका मानिसलाई जन्मँदा र मर्दा २० किलो चामल दिने सरकारी नीतिले कर्णालीबासीको आत्मसम्मानमा चोट पुगेको छ’, उनले भने, ‘कर्णालीप्रति सरकारी हेपाहा प्रवृत्ति अझैँ बाकी छ भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिले दिएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीमा जन्मिँदा र मर्दा २० किलो चामल दिने निर्णयले कर्णाली क्षेत्रको अपमान र यहाँका जनताको आत्मसम्मान चोट पुगेको अनेरास्ववियु कालिकोट जिल्ला सदस्य मायारान चौलागाईँले बताए ।
‘कर्णालीका मानिसलाई जन्मँदा र मर्दा २० किलो चामल दिने सरकारी नीतिले कर्णालीबासीको आत्मसम्मानमा चोट पुगेको छ’, उनले भने, ‘कर्णालीप्रति सरकारी हेपाहा प्रवृत्ति अझैँ बाकी छ भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिले दिएको छ ।’
अनेरास्ववियुले प्रधानमन्त्री दाहाललाई जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै २० किलो चामल दिने नीतिविरुद्ध प्रतिकात्माक विरोधस्वरुप २० किलो चामल पनि फिर्ता पठाएको छ । कर्णाली जन्मँदा र मृत्यु हुँदा २० किलो चामल दिने सरकारी नीतिका बिषयमा यहाँका बुद्धिजीवि र राजनीतिक दलहरुले पनि विरोध गरेका छन् । – कारोबार दैनिमवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु