अख्तियार घेर्न पुगेकालाई प्रहरीको लाठी

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौ, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय घेर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले लाठी प्रहार गरेको छ । काठमाडौं विश्वविद्यालयको मेडिकल स्नातकोत्तर (एमडी/एमएस) प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको र डा. गोविन्द केसीलाई ‘पागल’ भनेको भन्दै अख्तियार घेर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले लाठी प्रहार गरेको हो ।
आज बिहान डा. केसीको समर्थनमा आयोजित अख्तियार घेराउ कार्यक्रममा सहभागीलाई प्रहरीले धरपकड गरेको हो । आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीच ठेलमठेल भएको थियो । भाटभटेनीबाट अख्तियारको कार्यालय घेर्न जान लागेका केही आन्दोलनकारीलाई प्रहरीले लाठी प्रहार गरेको छ । लाठी प्रहारबाट करिव आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
यसैगरी प्रहरीले करिव एकदर्जन आन्दोलनकारीलाई पक्राउ गरेर कमलपोखरी वृतमा लगेको छ । उनीहरुलाई किन लगिएको र कहिले छाडिने प्रहरीले बताएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु