पाल्पाका सम्पूर्ण शैक्षिक संस्था बन्द

२०७३ असार १४ गते, मंगलवार

काठमाडौ, १४ असार । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको आव्हानमा सम्पूर्ण शैक्षिक संस्थाहरुमा आज पठन पाठन बन्द गरिएको छ ।
पाल्पाका सरकारी तथा निजी शैक्षिक संस्थाहरु बिहानैदेखि बन्द रहेका छन । अखिल क्रान्तिकारीले आफ्ना संगठनका जिल्ला अध्यक्ष राजकुमार पन्थीलाई प्रहरीले बिना प्रमाण, अपराधिक शैलीमा पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गर्दै जिल्लाभरका शैक्षिक संस्था बन्दको आव्हान गरेको हो ।
अखिल क्रान्तिकारीमा जिल्ला उपाध्यक्ष झविन्द्र पन्थीले जिल्ला अध्यक्ष राजकुमारलाई तत्काल रिहा नगरे अन्य कडा किसिमको आन्दोलन संचालन गर्ने चेतावनी दिएका छन । संगठनका अध्यक्ष राजकुमारले घटनाको समयमा आफु तानसेनबाहिर रहेको प्रमाण देखाउँदा पनि विना प्रमाण प्रहरीले पक्राउ गरेको बताए ।
असार १२ गते जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत रेशमलाल न्यौपानेले कार्यकक्षमै अपरिचत २ जना युवाले कालोमोसो लगाएको आरोपमा अखिल अध्यक्ष पन्थीसहित सो पार्टीका मजदुर ज्ञानबहादुर श्रीसलाई पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु