चट्याङवाट २९ मृत्यु , ९ जना घाइते

२०७३ असार ८ गते, बुधबार

काठमाडौ, ८ असार । भारतको विहारमा मंगलबार चट्याङ पर्दा २९ जनाको मृत्यु भएको छ । बिहारको सुबेस्थित विपत प्रवन्धन विभागले यसको पुष्टि गरेको छ । राजधानी पटनास्थित विभागका अनुसार अलग अलग ९ स्थानमा परेको चट्याङमा २९ जनाको ज्यान गएको हो । सबैभनदा बढी पटना जिल्लामा भएको छ । पटनामा ६ जनाको मृत्यु भएको छ। नालन्दा र औरंगबाद जिल्लामा चार चार जना मारिएका छन् ।
सुबेको भोजबुर, बक्सर, रोहतास र कैमुर जिल्लामा तीन तीन जना, मुंगेरमा दुई र गयामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङमा परेर मारिएका सबै परिवारलाई सरकारले चार चार लाख आर्थिक सहयोग दिएको जनाएको छ। चट्याङको चेपटामा नालन्दा र रोहतास जिल्लामा ९ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु