क्रान्तिको विकल्प छैन – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी

२०७३ असार ४ गते, शनिबार

० पछिल्लो चरण तपाईंहरूले देशव्यापी आन्दोलन चर्काउनु भएको छ, किन ?
यस आन्दोलनको आवश्यकता र कारणहरू धेरै छन् । हामीले अहिले जुन संघर्ष गरिरहेका छौँ, जुन आन्दोलन गरिरहेका छौँ । नेपालमा माओवादी पार्टीको नेतृत्वमा नेपाली जनताको सहभागितामा जुन दस वर्षको जनयुद्ध चलेको थियो, त्यो जनयुद्धको उद्देश्य नेपालको त्यो बेलाको विद्यमान राज्यसत्ता, शासन व्यवस्था बदल्ने र त्यसको ठाउँमा नेपाली जनताको राज्य र शासन स्थापना गर्ने थियो ।
२०६३ यताको यात्रामा नेताहरूको विचलनता, धोखाधडी, स्वार्थीपनाले गर्दा क्रान्ति अप्ठ्यारोमा प¥यो । जनताको मुक्ति र राष्ट्रको परिवर्तनको चाहनाहरू कुण्ठित भए । त्यसकारण हामी नेपालको क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन चाहन्छौँ । क्रान्तिलाई पूर्ण गर्न चाहन्छौँ । विगतका सबै आन्दोलन र १० वर्षे जनयुद्धको जुन उद्देश्य थियो, त्यसको रक्षा गर्न चाहन्छौँ र त्यसलाई परिपूर्ण गर्न चाहन्छौँ । त्यसैको निरन्तरताको निम्ति हामीले संघर्ष जारी राखेका छौँ । दोस्रो, अहिले इतिहासमै सर्वाधिकरूपमा हाम्रो स्वाधीन राष्ट्रमाथि विदेशी शक्तिको अतिक्रमण बढिरहेको छ, हस्तक्षेप छ । देशभित्रैबाट एकपछि अर्को राष्ट्रघात भइरहेको छ । नेपाली जनताको राजनीतिनक अधिकारहरू २०६३ को अन्तरिम संविधानले सुनिश्चित गरेको र लेखिएको अधिकारहरू पनि अहिले राजनीतिक क्षेत्रमा देखिएको दलाल पुँजीपतिवर्ग, दलाल पुँजीवादी नेतृत्व हावी भएर सबै कटौती हुँदै गएका छन् । जनताको राजनीतिक अधिकारहरू एकपछि अर्को खोसिँदै गएको छ । जनताको जनजीवन चौपट भएको छ । जनजीवन कहालीलाग्दो भएको छ । देशमा भ्रष्टाचार, कमिशन, कालोबजारी, राजस्व छलीले सीमा नाघेको छ । यसले राष्ट्र र जनताको अस्तित्व संकटमा परेको छ । यसैको अन्त्यको निम्ति हामीले संघर्ष सञ्चालन गरिराखेका छौँ ।
० के यो संघर्ष अब जनयुद्धकै रूपमा अघि बढ्छ त ?
यो प्रश्न धेरै उठ्ने गरेको छ । हामीले यसलाई अन्यथाको रूपमा लिएका छैनौँ किनकि विगतमा माओवादी पार्टीको नेतृत्वमा दस वर्षमा नेपालमा राज्यसत्ता परिवर्तन गर्ने एउटा हतियार एउटा कार्यदिशाको रूपमा दीर्घकालीन जनयुद्ध हामीले सञ्चालन गरेका थियौँ । अहिले पनि फेरि माओवादी पार्टीले क्रान्ति नयाँ ढङ्गले अगाडि बढाउँछभन्दा उही विगतकै जनयुद्धको तरिकाले अघि बढ्ने त होला भन्ने प्रश्नलाई धेरै अन्यथा मान्नुपर्ने छैन । जनयुद्ध त आफैँमा एउटा क्रान्तिको कार्यदिशा हो । कम्युनिस्ट पार्टीले सर्वहारावर्गको पार्टीले देशको विशेषता आवश्यकतामा अवलम्बन गर्ने गरेका छन्, हामीले पनि विगत १० वर्षे जनयुद्धमा त्यो अवलम्बन गरेका थियौँ । तर, अहिले हामी क्रान्ति पूरा गर्न चाहन्छौँ । हामी यो राष्ट्रको पूर्ण मुक्ति दिलाउन चाहन्छौँ । नेपाली जनताले राजनीतिकरूपले पूर्ण अधिकार सम्पन्न गराउन चाहन्छौँ । जनताको राजनीतिक स्वतन्त्रता सुनिश्चितता गर्न चाहन्छौँ । यो क्रान्तिबाहेक अन्यत्रबाट सम्भव छैन । तर, यो क्रान्तिलाई पूर्ण गर्ने कार्यदिशाको रूपमा विगत १० वर्षको अनुभवसहित पछिल्लो संक्रमणकालीन १० वर्षको अनुभव र अहिलेको विश्वपरिवेश र राज्यको राष्ट्रिय राजनीतिको स्थिति, सामाजिक स्थिति, आर्थिक स्थितिलगायतलाई समग्ररूपमा मध्यनजर गरेर अबको क्रान्तिको कार्यदिशा विकाश गरेर मात्रै क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । त्यसले अहिले हामीले एकीकृत जनक्रान्तिको कार्यदिशाको आधारमा क्रान्ति सम्पन्न गर्न खोजेका छौँ । यो ै दीर्घकालीन जनयुद्धको कार्यदिशाभन्दा विकसित कार्यदिशा भएकाले यही कार्यदिशाको आधारमा नै नेपालको क्रान्ति पूरा हुन्छ ।
० तपाईंहरूले अहिले गरेको आन्दोलनको स्वरूप हेर्दा त जनयुद्धको सुरुवाती चरणको जस्तै देखिन्छ नि ?
यो सत्य होइन । हाम्रो अहिलेको आन्दोलनको स्वरूप जनसंघर्ष र जनकारवाहीको हो । तर, विगतमा जनयुद्धको सुरुवाती चरणमा युद्ध थियो, त्यो छापामारस्वरूपको युद्ध थियो । त्यतिबेला संघर्षको स्वरूप सशस्त्र थियो । तर, अहिले यो संघर्षको स्वरूप फरक छ । यो संघर्षको स्वरूप भनेको एकीकृत जनक्रान्तिको कार्यदिशाले निर्देश गरेको स्वरूप हो ।
० सत्तासीन दलहरूसँग तपाईंहरूको कार्यदिशा मेल नखाने भएपछि संघर्ष त चर्कने भयो । नेपाली जनताले कति दिन संघर्ष झेलिरहनुपर्ने ?
अहिले सत्तामा बसिरहेका दलहरू जुन छन्, ती दलका विचारहरू, राजनीतिक लाइन र नीति नेपाली जनतालाई न्यूनतमरूपमा सम्बोधन गर्ने, नेपाली जनताप्रति जिम्मेवार हुने, जवाफदेही हुने र जनताको आवश्यकता र चाहना सम्बोधन गर्नेतर्फ उन्मुख छैन । उनीहरू जनताले हामीलाई यहाँ ल्याइपु¥याइदिए, हामी शासक भयौँ भन्ने एउटा ठूलो भ्रम पालेर बसेका छन् । उनीहरू एउटा ठूलो जनविरोधी विचार र जनविरोधी राजनीतिक लाइन समातेर सत्तामा बसेका छन् । त्यसकारण जनताले फेरि संघर्ष गर्नुप¥यो । सरसर्ती हेर्दा उनीहरूले जनताको विरुद्धमा सत्ताको दुरूपयोग गरिरहेका छन् । तर, यो दीर्घकालीन हुन सक्दैन । उनीहरूले जनतामाथि भार थोपरिरहन्छन् । जनताले त्यसको विरुद्ध संघर्ष गर्छन । जनताको यो संघर्षले जब पूर्णता पाउँछ, तब प्रतिक्रियावादी सत्ता र त्यसका सञ्चालकहरूको अन्त्य हुन्छ । दमनले जनतालाई अनिवार्यरुपमा प्रतिरोध गर्नको निम्ति बाध्य र प्रेरित गर्छ ।
० दमनको प्रतिरोध हुन्छ त भन्नुभयो तर सरकार तपाईंहरूको आन्दोलन दमन गरेर नै निस्तेज बनाउनतिर लागेको छ, के भन्नुहुन्छ ?
यो सरकार जसको हो, उसले उसैको हितको निम्ति काम गरिरहेको छ । यो सरकार दलालहरूको हो । यो सरकार साम्राज्यवाद र विस्तारवादको पिछलग्गु सरकार हो । नेपालमा दलाल पुँजीपतिहरूको, भ्रष्टहरूको, कमिसनखोर तत्वहरूको, राजस्व छल्नेहरूको, जमिनदारहरूको पक्षपोषण गर्ने सरकार हो यो । यी र यस्ता तत्वहरूको स्वार्थमा जनता र जनताको पार्टीले घाटा पु¥याउने बेला र यिनीहरू विक्षिप्त भएर उत्रने गर्छन् नै । हामीले अपिल ग¥यौँ, जनताले सहभागिता जनायो । जनता आपूmमाथि भएको अन्याय र ठगीको विरुद्धमा उत्रिएका छन् । यसको विरुद्धमा सरकार खनिए जनताले प्रतिवाद गर्दछन् । जनताको पार्टी भएको नाताले हामी त्यसको नेतृत्व गर्छौं । सरकारको अलिकति पनि इमानदारित र जवाफदेहिता छ भने जनताको पहलकद्मीलाई स्वागत गरोस् । संघीय लोकतान्त्रिक गणतन्त्रको सरकार हौँ भन्छ भने नेपालमा अर्बौंको राजस्व छली गर्ने कम्पनीलाई कारवाही गरोस् । भ्रष्टाचारी, कालोबजारी र राष्ट्रघातीहरूलाई कारवाही गरोस् । सरकारले यो गर्न सकेन र यसको खिलाफमा संघर्ष गर्ने जनतालाई कारवाही गर्न थाल्यो भने जनताको पार्टीका नेता र कार्यकर्तालाई कारवाही गर्न थाल्यो भने जनताले उनिहरुलाई पनि कारवाही गर्छ । यो कुरा अहिलेको सरकार चलाउने मान्छेहरूले राम्ररी बुझी राखे हुन्छ ।
० तपाइको पार्टीले उठाएका मुद्दा र आन्दोलन पूर्णता पाउँछ भन्ने आधारहरू के–के छन् ?
हामीले उठाएको मुद्दा र आन्दोलन पूर्ण हुन्छन् भन्ने प्रशस्त आधारहरू छन् । जस्तै– देशले इतिहासमै सर्वाधिकरूपमा स्वाधीनता गुमाउँदै गइरहेको छ । अतिक्रमण खेपिरहेको छ । नेपाली जनता अहिलेको राज्य र यसका सञ्चालकहरूको जनविरोधी हर्कतबाट आजित भएका छन् । जनजीविका चौपट भएको छ । यसकारण जनताले अब संघर्ष नगर्ने हो र आफ्नो संघर्षलाई पूर्णतामा नपु¥याउने हो भने राष्ट्र र जनताको अस्तित्व नै नरहने अवस्थामा पुगेको छ । यस्तो अवस्था सिर्जना गर्ने अहिले सरकार र सत्तासीन दलहरू नै अहिलेको आन्दोलनलाई पूर्णता दिन बाध्य गराउने मुख्य आधार हो ।
० तपाईंहरूले क्रान्तिलाई पूर्णतामा पु¥याउनुहुन्छ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?
यो आमरूपमा उठ्ने गरेको प्रश्न हो । नेपालमा हिजो क्रान्तिमा धेरै ठूलो बलिदान गर्ने, समर्पित गर्ने, क्रान्तिमा निरन्तर डटेर लागेको जनता र कार्यकर्ताहरूको प्रश्न पनि हो । े राष्ट्र र जनताको मुक्ति नै हाम्रो पार्टी र हाम्रो स्वार्थ हो । हामी पार्टीलाई २०६३ देखियता प्रचण्डको जस्तो अभिजातवर्गको पार्टीमा बद्लियो र विकृति, विसंगतिको दलदलमा फस्यो, त्योबाट मुक्त भएर पार्टी निर्माण गर्ने क्रममा हामी यहाँ आइपुगेका छौँ । त्यसकारण पहिलो कुरा हामी जनतालाई विश्वास दिलाउँछौँ कि हाम्रो क्रान्ति र पार्टीलाई निर्देशन गर्ने हाम्रो विचार माक्र्सवाद, लेनिनवाद, माओवादी जुन छ, त्यसप्रति हामी दृढ छौँ । दोस्रो, नेपाली जनताको आफ्नै राजनीतिक कार्यक्रम जनताको जनवादी राज्यसत्ता स्थापना, समाजवाद हुँदै विश्व साम्यवादमा पुग्ने सर्वहारावर्गको उत्पीडित जनताको, नेपालको श्रमजीवि जनताको राजनीतिक कार्यक्रमप्रतिका पार्टी बनाउँछौँ । नेपाली जनतामाथि शासन गर्ने पार्टी होइन, कम्युनिस्ट पार्टीको नाममा नेपाली जनतामाथि शासन गर्ने राज्यकोषमा लुट मच्याउने होइन, नेपाल राष्ट्र र नेपाली जनताको असली सेवा गर्ने सेवकको पार्टी बनाउन चाहन्छौँ । चौथो, २०६३ बाटयता क्रान्तिलाई जसरी भताभुङ्ग बनाइयो, त्यो क्रान्तिलाई नयाँ ढङ्गले संगठित गरेर अगाडि बढाउँदै त्यसलाई पूर्णता दिन चाहन्छौँ । हाम्रो उद्देश्य यही हो । पाँचौँ, हामी आफैँ व्यक्तिगत स्वार्थको लागि लडेका होइनौँ, जुन अहिले माओवादी केन्द्रका नेताहरूले गरिरहेका छन् । अरु विग्रिएका माओवादीहरूले गरिरहेका छन् । यस्तो हुन सक्दैन । किनकि त्यस्तै हुने हो भने त हामी पनि प्रचण्डजीहरूसँगै हुन्थ्यौँ नि । नत्र किन साँढे चार वर्षसम्म प्रचण्डजीहरूसँग लड्नुप¥यो, अढाई वर्षसम्म किरणजीहरूसँग किन हाम्रो विचार राजनीतिमा हाम्रो संघर्ष हुन्थ्यो । त्यसकारण आमनेपाली जनता, इमानदार नेता, कार्यकर्तालाई पनि के अनुरोध गर्न चाहन्छौँ भने तपाईंहरूले विश्वास र शंका गर्ने बेलामा पनि तथ्यपरक ढङ्गले गरिदिनुप¥यो । किनभन्दा लोभ, पाप, जनतालाई धोखा दिने , व्यक्तिगत स्वार्थ, सुख सुविधाको घेरा र आधार धरातलविरुद्ध प्रचण्डजीहरूसँग लडेर हामी यहाँ आइपुगिसकेका छौँ । हामी स्वार्थी र लोभीपापी भएका भए त प्रचण्डसँगै बस्थ्यौँ नि किनभन्दा त्यहाँ मन्त्री भइरहन्थ्यौँ, नेता भइरहन्थ्यौँ । त्यस्तै लाइनमा सहमत भइरहेको भए भ्रष्टाचार, धनदौलत, घरघडेरी जोड्थ्यौँ होला, व्यभिचारी हुँदै हिँड्थ्यौँ होला । ती सबै कुरा हामीले त्यागिसकेका छौँ । त्यसकारण हाम्रो आफ्नो जीवन, घटनाक्रम र तथ्यले पनि के पुष्टि गर्छ भने हामी बिग्रिएको माओवादी होइन, असली माओवादी हौँ ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
देश इतिहासमै सर्वाधिक अप्ठ्यारो स्थितिमा छ । देश राजनीतिक प्रश्रव पीडामा छ । नेपाली जनताले एक पटक फेरि आफ्नो अधिकार र राष्ट्रको मुक्तिको निम्ति नयाँ ढङ्गले संगठित भएर पहलकद्मी लिन जरुरी छ । जसबाट राष्ट्रलाई मुक्त र नेपाली जनता आपूm राजनीतिक दृष्टिले अधिकार सम्पन्न हुन सक्ने स्थिति छ । यसैको निम्ति देशव्यापीरूपमा एक पटक तयार हुन र पहलकद्मी लिन आमनेपाली जनता, इमानदार माओवादी कार्यकर्ताहरू र परिवर्तन चाहने सबै व्यक्ति र शक्तिहरूलाई अपिल गर्दछु ।

प्रतिक्रियाहरु