सूचनाबिनै १० नेपालीको दाहसंस्कार

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौ, १४ जेठ । देहरादुनको भित्री पहाडी वस्तीमा गत आइतबार राती पहिरोमा परेर ज्यान गुमाउने १० नेपालीको मृतकसम्बद्ध परिवार र दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी नगराई मंगलबारै दाहसंस्कार गरिएको सूचना भएको छ।
घटनापछि स्थलगल सूचना लिन तथा पहिरो पीडितको उद्धार,समन्वयका लागि बुधबार बेलुका देहरादुन पुगेपछि मात्रै दूतावासको टोलीले सबै मृतकको दाहसंस्कार भइसकेको जानकारी पाएको हो ।
१० जना मृतकको परिवारमा नाता प्रमाणितसहितको आधिकारिक पहिचान दूतावासबाट आएपछि राज्य सरकारले क्षतिपूर्ति स्वरुप ४ लाख रुपैयाँ दिनसक्ने जनाउ दिएका छन् । सडक निर्माणमा पश्चिम नेपालबाट आएका ज्यालादारी श्रमिक अहिले पनि उत्तराखण्डका सडकमा उत्तिनै छन् । – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु