जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप अभियान

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ वैशाख । बाल स्वास्थ्य महाशाखा अन्तरगतको खोप शाखाले आजदेखि जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप अभियान सुरु गर्दैछ । अभियानका क्रममा १ वर्षदेखि १५ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिइने शाखाले जनाएको छ । शाखाका प्रमुख मुकुन्द गौतमका अनुसार तराईका तीनसहित हिमाली र पहाडी ४७ जिल्लामा खोप अभियान चल्नेछ । सबै वडा र केन्द्रमार्फत जापानिज इन्सेफ्लाईटिस् विरुद्धको खोप दिईने उहाँले बताउनुभयो । खोप अभियान एक महिनासम्म चल्नेछ ।
लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिस्को सम्भावनालाई रोक्न हिमाली र पहाडी जिल्लामा पनि खोप सञ्चालन गर्न लागिएको गौतमले बताए । तराईका झापा, मोरङ र सुनसरीमा यो रोगको बिरामी धेरै देखिएकाले यी जिल्लामा पनि खोप अभियान चल्ने उनले बताए । जापानिज इन्सेफ्लाइटिस्का कारण अंगभंग हुनुका साथै समयमा नै उपचार नपाए ज्यान समेत जान सक्ने डाक्टरले बताएका छन् ।

प्रतिक्रियाहरु