केयुकेएलको भ्रष्टाचारबिरुद्ध जनगणतान्त्रिक संपर्क मञ्चले सडक तताउने

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौँ, २० वैशाख । नेकपा माअाेवादी अन्तरगतको जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले काठमाडौं उपत्यका साथै देशभर स्वच्छ खानेपानीको हाहाकार हुदै गइरहेको अवस्थामा आम जनतालाई नियमित वितरण गर्न र त्यहाँ भएका भ्रष्टाचारलाई रोक्न अनुरोध गर्दै केयुकेएललाई ज्ञापन पत्र बुझाउने भएको छ । भोलि अर्थात बैशाख २१ गते दिउसोको ११ः३० वजे जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समितिका अध्यक्ष राजु कार्की र महासचिब माधब गौतमको नेतृत्वमा सुन्धारा देखि जुलुससहित केयुकेएलको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उक्त समिति बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु